रेयूकाई आँखा अस्पताल बनेपामा अन्र्तराष्ट्रिय नेत्र विशेषज्ञ सम्मेलन सुरु
रेयूकाई एईको मासुनागा आँखा अस्पताल बनेपामा अन्र्तराष्ट्रिय नेत्र विशेषज्ञ सम्मेलन सुरु भएको छ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले सम्मेलनको उद्घाटन गरेका छन । दुईदिनसम्म चल्ने सम्मेलनमा अमेरिका लगायत विभिन्न देशका नेत्र विशेषज्ञ सहभागी छन् । यस्तै नेपालका सबै आँखा अस्पतालका १ सय ५० जना नेत्र विशेषज्ञ सम्मेलनमा सहभागी रहेका अस्पतालका प्रशासकिय प्रमुख हिरामणी शर्माले जानकारी दिए ।
सम्मेलनमा विश्वभर भईरहेका अभ्यास तथा अनुभव र आगामी दिनमा हुन सक्ने सम्भावित चुनौतीका बारेमा विशेषज्ञहरुले छलफल गर्नेछन् । उद्घाटन कार्यक्रममा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य, अस्पतालका अध्यक्ष मधु आचार्य लगायतको उपस्थिति रहेको छ । सोहि अवसरमा अस्पतालले विस्तार गरेको ओपिडी भवनको पनि शुभारम्भ गरिएको छ ।