जनताका कुरा सुन्ने र हाम्रा कुरा सुनाउने छौं
नेकपा एमालेले ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ शुरु गरेको छ । यात्राको ११ औ दिन अथार्त भोली मसिंर २४ गते आईतबार काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाको सिमाना मण्डनदेउपुर नगरपािलकाको कुन्ताबेशीमा विशाल सभाको आयोजना गरेको छ । अभियानमा केन्द्रिय टोली अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा करिव १ सय ५० केन्द्रिय नेताहरु सहभागि हुनेछन् । सोहि अभियान, सभा र एमाले काभ्रेले लिएको संकल्पका सन्दर्भमा एमाले काभ्रेपलाञ्चोकका अध्यक्ष अशोक ब्याञ्जुसँग मदानी विट डटकमका प्रधान सम्पादक मोतीराम तिमल्सिनाले गरेको संवादः
नेकपा एमालेले शुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को ११ औ दिन भोली मसिंर २४ गते काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिकाको कुन्ताबेशीमा आयोजना हुने विशाल सभाको उदेश्य के हो ?
एउटा राजनीतिक पार्टी जो समाज र विकासको मात्रै नभई समाज विज्ञानको र समाजको नेतृत्व गर्छ त्यो नेतृत्वदायी संस्थाले समाजमा कहाँ के भईरहेको छ, समुदायमा के भईरहेको छ, त्यहाँ भएका प्राकृतिक स्रोत सम्पदा त्यहाँको उद्योग धन्दा व्यापार व्यवसाय, सामाजिक शिक्षा, स्वास्थ्य र नागरिकका चाहनाहरु के छन ? सम्भावनाका विषयहरु के छन् भन्ने विषयमा अभियानले सम्बोधन गर्नेछ । राजनीतिक दल भनेको विचार विमर्श वाद–विवाद संवाद गर्ने थलो पनि हो । त्यसकारण यसले विचार निर्माण गर्छ । चेतना निर्माण गर्छ । समाजका अन्र्तविरोधहरु पहिल्याउँछ र त्यसको निराकरणका बाटाहरु खोज्छ ।
एमालेले विषय उठान गर्छ काम गर्दैन भन्ने धारणाबाट सबै मुक्त भए हुन्छ । नेकपा एमाले विचार जन्माउने संस्था हो । विचारको व्यवस्थापन पनि गर्छ र विचारलाई राज्यको तहमा पुगे पछि कार्यान्वयन गर्छ । हामीले जे कुरा उठान गर्छाै त्यहि कुरा अर्काे सरकारले गर्दैन । एमालेले शुरु गरेका काम पनि निरन्तरता दिदैन । कसै कसैलाई एमालेका मुद्दाहरु उठानका लागि मात्रै हो कि ? भन्ने लाग्न सक्छ त्यो गलत हो । भ्रम हो । नेकपा एमाले निरन्तर सरकारमा छ भने त्यसको कार्यान्वयन हुन्छ । सरकारमा नहुँदा कार्यान्वयन कठिन छ । एमालेको प्राथमिकता अर्काे सरकारको प्राथमिकतामा पर्दैन । एमाले तत्कालीन र दिर्घकालिन सम्भावना बोकेर अगाडि बढ्छ । सरकारमा हुँदा राज्यको साधन स्रोत र शक्ति सहित जनताको अभिमतले काम गर्न पाउँछौं । विपक्षमा हुँदा त्यो काम हुन सक्दैन । गर्न सकिदैन । हामी खबरदारी गरिरहन्छौं । त्यसकारण नागरिकहरुका समग्र मुद्दाहरुलाई एमालेले संकलन गर्छ । सरकारमा हुँदा ब्यवस्थापन गर्छ । यो अभियान पनि त्यसकै लागि हो ।
अभियानले के गर्छ ? तयारी सकियो ?
महाकाली–मेची यात्राको तीनवटा आयामहरु छन् । नेकपा एमाले अहिले प्रतिपक्ष दलको रुपमा छ । जनताको बीचमा आर्थिक मन्दी, बेरोजगारी, महंगी, राज्यद्वारा घोषित कार्यक्रमहरु गर्न नसकेको कारणले विकास निर्माणमा ठूलो उपलब्धि हुन नसकेको र केवल सत्तादेखि सत्तासम्म मात्र सरकारको यात्रा भईरहेको छ । नेकपा एमालेका नेता कार्यकर्ताहरु जनताको बीचमा जान चाहन्छौ । जनताको मत अभिमत के हो भनेर बुझ्नका लागि पनि यो यात्रा आवश्यक छ ।
दोश्रो नेकपा एमालेको २०६४ सालमा बनेको सरकारले राष्ट्रिय गौरवका तीनवटा सडकलाई प्राथमिकता दिएको छ । एउटा पूर्व पश्चिम राजमार्गको मर्मत व्यवस्थापन र आधुनिकीकरण । दोस्रो मध्य पहाडी राजमार्ग (पुष्पलाल राजमार्ग) र तेस्रो हुलाकी राजमार्ग । यी तीनवटै राजमार्गले नेपालको पहाडी भाग, चुरे क्षेत्र र मधेश क्षेत्रको प्रतिनिधित्व गर्दछ । यी बाटोहरुको राम्रो व्यवस्थापन गर्न सक्यौ भने नेपालको आर्थिक क्षेत्रमा ठूलो परिवर्तन आउँछ भन्ने बुझाईका साथ काम अगाडि बढेको छ । पुष्पलाल राजमार्गमा २६ वटा जिल्लाहरु जोडिएको छ । यो क्षेत्रमा करिब १२ वटा शहरहरु निर्माण हुन्छ । त्यो शहरमा खानेपानी, शिक्षा, स्वास्थ्य, पूर्वाधार, शहरहरुको पुनर्निर्माण र व्यवस्थापन र आधुनिक शहरहरुको निर्माणसँग पनि जोडिएको छ । त्यसैगरी ७० लाख मानिसहरु जो पहाडमा बस्दछ जो तराई हुँदै काठमाडौं आउनुपर्ने, काठमाडौ हुँदै तराई जानुपर्ने अवस्थालाई पहाड मार्गद्धारा नै पूर्व पश्चिम जोड्ने अभियानमा लागेका छौ । यो मार्गमा १८७९ कि.मी.बाटो निर्माण हुनेछ । करिब करिब ४० बिलियन यसमा खर्च हुनेछ । यो २० वर्षे सडक रणनीतिक योजना अन्तर्गत सडक निर्माण हुनेछ ।
कुनै पनि विकासको बहुआयामिक पक्षहरु हुन्छन् । अहिले मानिसहरु पहाडमा बस्न छोडेर शहर र तराईतिर झर्दैछन् । पहाडी क्षेत्रहरुमा पानीको अभाव बढ्दै गइरहेको छ । त्यहाँको उत्पादनमा ह्रास आईरहेको छ । यसक्रममा पहाडमा बसोबास घट्दै जानेछ भने तराईमा जनघनत्व वृद्धि हुँदै जाने छ । त्यसैले पहाडी क्षेत्रको विकासको लागि र त्यहाँको जनताको सेवा सुविधा घर आँगनमा पु¥याउनका लागि र आर्थिक समुन्नतिका आधार निर्माणका लागि, शहरी सुविधा उपलब्ध गराउने सँग जोडिएर र पहाडी अर्थतन्त्रलाई सबलीकृत गर्नका लागि पनि यो यात्रा हो । यो यात्राको महत्व यति मात्र हैन । यो नेपाल सरकारले राष्ट्रिय गौरवका रुपमा राखेको योजना मध्ये तीनवटा प्रमुख बाटोमध्ये एउटा योजनालाई सफल बनाउनु भनेको नेपालको समृद्धि सँग जोडिनु हो । आर्थिक समृद्धि जनताको विकास र पहाडी शहरी विकासको उद्देश्य सहित यात्रा अगाडि बढेको छ । यो केबल नारासँग मात्र जोडिएको छैन । यो संकल्प र नेपालको समृद्धिसँग पनि जोडिएको छ । अबको २० वर्षमा नेपालको पहाडी क्षेत्रको अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउने र त्यहाँको उत्पादनलाई बजारीकरण गर्ने, शहरलाई गुणस्तरयुक्त बनाउने, त्यहाँ जनजीवनलाई आर्थिक रुपमा सबलीकृत बनाउने सँग जोडिएको कारणले यो यात्राको उपादेयता रहेको छ । यो केबल राजनीतिक यात्रा मात्र होइन । यो नेकपा एमालेको मात्र यात्रा होइन । यो आम जनतासँग सम्बन्धित रहेको छ । आम जनतासँग सरोकार राखेको छ । भोलिका दिनमा बहुमत ल्याई नेकपा एमालेले नेतृत्व गर्ने र त्यसैको माध्यमबाट यी राष्ट्रिय गौरवको योजनाको कार्यान्वयन गर्ने र समृद्धिको आधार निर्माण गर्ने रहेको छ । हामीले भोलीको सभाको तयारी सकेका छौं ।
एमालेको यो यात्रामा काभ्रे र सिन्धुपाल्चोकसँगको सम्बन्ध के हो ?
यो यात्राले काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको केहि भागहरु छुन्छ । विशेष गरेर बोर्डर लाईनका क्षेत्रहरु । त्यो बोर्डनलाईनको क्षेत्रहरु यसको आधार हो । १२ वटा शहरहरु मध्ये काभ्रे जिल्लामा त्यो शहर पर्दैन । यद्यपि राजमार्गको समृद्धिमा काभ्रे जिल्लाले पनि सहयोग पु¥याउँछ । मध्यपहाडी राजमार्गले काभ्रे जिल्लासँग जोडिएका अरु भुभागहरु जस्तै रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट लगायत ८ वटा जिल्ला छन् । तर सबै जिल्लाहरुसँग सुगम आर्थिक आधार जोडिएको छैन । ढुवानी र यात्राको हिसाबले सहज भएता पनि काभ्रे जिल्लाको भेगीय क्षेत्रहरुको विकासमा सिंगो काभ्रे जिल्ला र सिन्धुपाल्चोकले पनि सडक मार्पmत दीर्घकालीन समृद्धिको आधार निर्माण गर्न सक्छ भन्ने लाग्छ । सडकको निर्माणले सुगम परिस्थितिको पनि निर्माण गर्छ । यसले छिटो छरितो सुविधा पाउने हुन्छ । यसले गर्दा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्ला लाभकारी नै हुन्छ भन्ने मलाई लाग्छ ।
केन्द्रको निर्णय अनुसार यो यात्राको प्रारम्भ भएको हो । भोली मसिंर २४ गते नेकपा एमालेका श्रद्धेय अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा १ सय ५० जना केन्द्रिय नेताहरु जिल्लामा आउँदै हुनुहुन्छ । टोलीलाई १२ बजे पछि मण्डनको कुन्तामा स्वागत गर्नेछौं । त्यहाँ सिन्धुपाल्चोक र काभ्रेको जनसमुदायबीच सम्बोधन हुनेछ । त्यसको लागि मण्डनमा भव्य तयारी भएको छ । पार्टी जिल्ला कमिटीको तर्फबाट निर्णय भई धुलिखेल, बनेपा, पनौती, नमोबुद्ध, पाँचखाल, भुम्लु, चौरीदेउराली लगायतका क्षेत्रबाट पार्टी कार्यकर्ता र आम जनतालाई जनसभामा सहभागी हुन आवश्यक तयारी गरिएको छ । त्यो आम सभामा भव्य उपस्थिति सहित आम रुपमा नेकपा एमालेको राजनीतिक भूमिकालाई कसरी आम जनताको सरकारको विषयहरुसँग जोडेर दायित्वहरु निर्माण गर्ने र कार्यान्वयन गर्ने, मध्यपहाडी राजमार्गको अधुरो अपूरो रहेको सडक खण्डलाई पूरा गर्नको लागि आवश्यक पहल गर्ने काम सभामा हुनेछ । त्यसपछि त्यो टोलीलाई धुलिखेलमा ल्याउनेछौं । धुलिखेल नगरपालिकाको सभाहलमा हुने पार्टी निकट मानव अधिकार एलायन्सको सभामा श्रद्धेय अध्यक्ष केपी ओलीबाट सम्बोधन हुनेछ ।
काभ्रे जिल्लाको लागि थप केहि सम्बोधन हुन्छ ?
केन्द्रिय टोलीले लिएको उद्देश्य सार्थक रुपमा सम्पन्न गराउने हाम्रो पहिलो दायित्व छ । दोश्रो जिल्लाबासीलाई सम्बोधन गर्ने कार्यक्रम सँगसँगै नेकपा एमाले काभ्रेको तर्फबाट १० औं जिल्ला अधिवेशनबाट पारित जिल्लाको समृद्धिको आधारलाई स्मरण गराउने छौ । त्यसमा कृषि, शिक्षा, स्वास्थ्य, वन, बातावरण, संघीय सरकारको काभ्रे जिल्लामा हुनुपर्ने भूमिका, १३ वटा पालिकाले आफ्नो पालिकामा कसरी समृद्धी निर्माण गर्न सकिन्छ भन्ने आधारमा केहि रोडम्याप तयार गरेका छौं । त्यो रोडम्यापलाई पनि हामी त्यहाँ प्रस्तुत गर्ने नै छौं । तर अहिलेको लागि यहाँको कार्यक्रम, आमसभा र बसाईको व्यवस्थापन प्रमुख जिम्मेवारी हो । काभ्रे जिल्लामा नेकपा एमालेको पार्टी कार्यकर्ता, नेता र आम जनताको कमिटी रहेको छ । मध्य पहाडी राजमार्गको सफलताले समृद्धिको आधार निर्माण गर्ने छ र त्यसमा जनताहरुको साझेदारी र समन्वय, प्रतिबद्धता छ भन्ने कुराको पुष्ट्याई गर्नका लागि त्यो आमसभामा जिल्लाबाट १० हजार र सिन्धुपाल्चोकबाट १० हजार गरी २० हजार भन्दा धेरै नागरिकहरुको उपस्थिति हुनेछ भन्ने योजनाका साथ काम गरिराखेका छौं ।
१० औं जिल्ला अधिवेशनले पास गरेका संकल्पहरु के के थिए ?
नेकपा एमालेले भनेको कुरा राम्रो छ भने अहिलेको सरकार, प्रदेश, स्थानीय जुनसुकै सरकारले होस् त्यसको कार्यान्वयन गर्दा पनि देशकै समृद्धिको आधार निर्माण हुन्छ । एमालेले भन्ने बित्तिकै एमालेको मात्रै सम्पत्ति हुने भन्ने कुरा त हुँदैन होला । दलहरुबाट सिर्जित नयाँ बिचार जो समाजको लागि उपयोगी छ भने सबैलाई ग्राह्य हुनुपर्छ । तर हामी अहिले आग्रह र पूर्वाग्रहमा छौं । पूर्वाग्रहमा समाजको समृद्धिको आधार निर्माण हुन सक्दैन । दलहरुबीच एकता हुन जरुरी छ । समझदारी हुनु जरुरी छ । त्यो समझदारी हुन सकेन भने हामीले खासमा कुनै प्रगति गर्न सक्दैनौं । त्यो प्रगति हुन नसकेको मूल कारक भनेको चाहिँ विचार पनि दिन नसक्ने, काम पनि गर्न नसक्ने राजनीतिक शक्ति जब सत्तामा हुन्छ त्यो अधोगति तिर जान्छ । त्यो प्रतिगमनको हिस्सेदार बन्छ । हामी प्रगतिशिल हिस्सेदार बन्नुपर्छ समाजको समुन्नतिको लागि । यो पटकको स्थानीय चुनावमा धुलिखेलले प्रमुख सहित बहुमत ल्याएको छ । पाँचखाल, बनेपा र पनौतीमा उपप्रमुख सहितका सिटहरुमा विजयी भएको छ । तर नेतृत्व अरु दलहरुकै छ । उहाँहरुले नयाँ विचार पनि ल्याउन नसक्ने, नयाँ योजना पनि ल्याउन नसक्ने, अनि एमालेले हिजो गरेको कामको निरन्तरता पनि दिन नसक्ने हो भने के पदका लागि मात्र निर्वाचित भएको हो कि ?काम गर्नका लागि ? प्रश्न उठ्न थालेको छ । त्यसैले हाम्रो सामूहिक आव्हान छ यदि कुनै राजनीतिक दलले राम्रो काम गर्छ भने नेकपा एमालेको नेतृत्वमा रहेको स्थानीय सरकार र संघ सरकारले भोलिका दिनमा पनि निरन्तरता दिनेछ । यो काभ्रे जिल्लाको प्रतिबद्धता हो । नेकपा एमालेले गरेको काममा द्रूत गतिमा कार्यसम्पादन गर्ने कुरामा हामी अग्रसर हुन्छौं । अहिले अन्य पालिकामा अन्य दलको नेतृत्व छ । यदि नेकपा एमालेले ल्याएको योजना ठिक छ भने कार्यान्वयन गर्दा उहाँहरुलाई के घाटा हुन्छ ? सिर्जनात्मक रुपमा नेकपा एमालेको बिचार होला तर समृद्धि त आम जनताकै हुन्छ । त्यहाँ एमालेको नीति योजना हुना साथै एमालेले मात्रै लाभ लिने त होइन त्यहाँ आम जनताले लाभ लिने हो । त्यसैले आम नागरिकलाई केन्द्रिकृत गरेर ल्याएको कुनै योजना नीति छ भने समृद्धिको आधार निर्माण हुन्छ । १० औं जिल्ला अधिवेशनले माथिल्लो चरणको कुरा मात्र होईन पालिका र वडा तहको पनि विकास समृद्धिको दृष्टिकोण हामीले बोक्नुपर्छ । त्यसको खाका तयार गर्नुपर्छ भनेर कार्यक्रम अगाडि बढाएका छौं । मलाई लाग्छ त्यसले विस्तारै साकार रुप प्राप्त गर्नेछ । त्यो प्राप्त गर्नका लागि नेकपा एमाले काभ्रे सदैव तयार छ ।
१० औं जिल्ला अधिवेशनको दुई वर्षका बीचमा के के उपलब्धि भए ?
तुलतात्मक रुपमा काभ्रे जिल्लामा हामीले लिएको लक्ष्य र राष्ट्रिय लक्ष्यको केहि हाराहारीमा पुगेको मैले महसुस गरेको छु । जस्तो काभ्रेमा गरिबी निवारणको अवस्थामा केहि सुधार आएको छ । स्वास्थ्य क्षेत्रमा सुधार आएको छ । शिक्षामा क्षेत्रमा सुधार आएको छ । करिब करिब ८४% स्कूलहरु पुननिर्माण भैसकेको अवस्था छ । केहि ग्रामीण क्षेत्रको बाँकी रहेको छ । पूर्वाधार निर्माणमा सुधार भएको छ । परीक्षाको परिणाम गुणस्तरीय बनाउनका लागि विद्यार्थी र शिक्षकमा केन्द्रिकरण गर्नका लागि केहि समस्या छ । ग्रामीण क्षेत्र धेरै भएको हुनाले विद्यार्थी संख्या कम र शहरमा ज्यादा रहेको छ । करिब करिब ७०% नागरिकहरुको घरमा पानी पुगिसकेको अवस्था छ । स्वास्थ्य क्षेत्रमा स्वास्थ्य बीमाको कार्य प्रारम्भ भएको छ । ५ बेड सहितको अस्पताल बनाउने अभियान पनि बढिरहेको छ । रोजगारमा पनि केहि सुधार भएको छ । कृषिमा चाहिँ सिंचाईको व्यवस्था गर्न नसकेको कारण अलि समस्या छ । दुध उत्पादनमा धेरै राम्रो जिल्ला रहेको छ काभ्रे । कुखुरा उत्पादनमा पनि राम्रो सुधार छ । काठमाडौंको करिब ४० प्रतिशत तरकारी काभ्रे जिल्लामा नै निर्भर रहेको अवस्था छ । १० प्रतिशत जति फलफुल काभ्रेबाट नै परिपूर्ति हुन्छ । यसरी समृद्धिको आधार तय भइरहेको अवस्था छ ।
जहाँसम्म सुर्यविनायक धुलिखेलसम्मको ६ लेनको बाटो छ नेपाल सरकारले त्यो कामको थालनी गरेको छ । तर जति लगानी गर्नुपर्ने दायित्व सरकारको रहेको छ त्यो गरेको छैन । सरकारले निर्माण कम्पनीहरुसँग गरेको प्रतिबद्धतालाई पूरा गर्न सकिरहेको छैन । अन्यत्रको दायित्वको हिस्सा बाटो निर्माणमा लगाउन सके तोकिएको समयमा सम्पन्न हुनेछ । सरकारले यो बाटोलाई त्यति धेरै प्राथमिकता दिएको जस्तो लाग्दैन । अर्काे कुरा काभ्रे उपत्यका खानीपानी आयोजनाको कुरा गर्नु पर्दा एसियाली विकास बैंकको साझेदारीमा धुलिखेल बनेपा पनौती तीनवटै नगरपालिका मिलेर काम गरेको हो । पहिला स्रोत विवादले धेरै समय लियो । ८–९ वर्षको बीचमा ३–४ वर्ष विवादमै अल्झिरह्यो । केहि प्रतिशत काम अगाडि बढिरहेको अवस्थामा सरकारले दिनुपर्नै पैसा दिएन । यसमा ५० प्रतिशत नेपाल सरकारले पैसा दिने, एसियाली विकास बैंकले ३५% ऋण दिने र १५ प्रतिशत तीनवटा नगरपालिकाले हाल्ने कुरा थियो । त्यसमा संघीय सरकारको तर्फबाट आउनुपर्ने पैसा पनि आएन । तर पछिल्लो पटक अशोक व्याञ्जु अध्यक्ष रहेकोले काम गरेन भन्ने आरोप छ । जब सरकारले पैसा दिदैन भने कसरी काम अगाडि बढ्न सक्छ ? अर्काेकुरा ठेकेदार निर्माण कम्पनीले राम्रो काम नगरे बापत कारवाही गर्ने निर्णय ग¥यौं । पछि उसले मुद्दा राख्यो । मुद्दा मामिलाले गर्दा समय लियो । बनेपा र धुलिखेलमा पनि अहिले योजनाको आंशिक पानी वितरण भैसकेको अवस्था छ । अब मुद्दा मामिला सकिएपछि गर्नुपर्ने कामहरुमध्ये ६४ प्रतिशत निर्माण कम्पनीलाई पैसा दिइसकेका छौं । यो खानेपानी आयोजनाको पक्षमा मुद्दा फैसला भयो भने नेपाल सरकारको पूर्वाधार मन्त्रालय सँग जिटुजि अन्तर्गत काम गर्ने सम्झौता गरिएको छ । त्यसले एउटा आधार तयार गर्नेछ ।
खेलकूद मैदानको विषयमा धुलिखेल र पनौतीमा नेपाल सरकार र स्थानीय सरकारको पहलकदमीमा खेलकूद मैदानहरु निर्माण भइरहेको छ । पर्यटकीय हिसाबले धुलिखेलमा धेरै सेवा र सुविधाहरु रहेका छन् । काभ्रे जिल्ला क्रमशः पर्यटकीय हबका रुपमा गइरहेको छ । त्यसलाई अझ मनोरञ्जनको हिसाबले प्राकृतिक सुन्दरताको हिसाबले, होमस्टेको हिसाबले हामीले लिएको लक्ष्यमा अन्तर्राष्ट्रिय लगानीहरु पनि आइरहेका छन् । कम्तीमा काभ्रे जिल्लामा विशेष गरी धुलिखेलमा ५ वटा फाइभस्टार होटलहरु ल्याउन पाए हुन्छ भन्ने अभियान सुरु गरेका थियौं । एउटा फाइभस्टार होटल सुरु भैसकेको अवस्था छ । दुषित थानी । अरु होटलहरुका लागि कुराकानी भैरहेको छ । औद्योगिक ग्रामका लागि पनि कुराहरु अगाडि बढिरहेका छन् । त्यसैले काभ्रे जिल्लाको सडक, खानेपानी, करिडोर, औद्योगिक क्षेत्र, कृषि उत्पादनसँग जोडेर धुलिखेल बनेपा पनौतीलाई एउटा ठूलो अभियानको रुपमा लिएका छौं । धुलिखेल, पनौती र बनेपालाई राजनैतिक क्षेत्रको रुपमा नभै आर्थिक रुपमा जोडेर यसका साझा शहरी पूर्वाधारहरु निर्माण गर्नुपर्छ भनेर समझदारी गरेका छौं । स्मार्टसिटीको अवधारण अगाडि बढिरहेको अवस्था छ ।
पछिल्लो समय आर्थिक मन्दीले विकास निर्माणका कार्यहरु ठप्प भएका छन् ?संकल्पले यसलाई कसरी सम्बोधन गर्छ ?
एउटै कार्यले सबै कुराको सम्बोधन गर्छ भन्ने छैन । समृद्धिको यात्राले सरकार कुन बाटोमा हिँडिरहेको छ भन्ने कुरा आम जनतालाई भने अनुभुत गर्छ । कोभिड, युक्रेनको युद्धपछि, इजरायलको घटना पछि अर्थतन्त्रमा प्रभाव परेको छ । ६ महिना बितिसक्दा पनि २२ प्रतिशत मात्र राजस्व उठेको छ । अर्काे कुरा देशले गौरवको योजनामा विकास पूर्वाधारको योजनामा जति पनि बजेट विनियोजन गरेको छ त्यसको जम्माजम्मी २८ प्रतिशत पूर्वाधारको खर्च गर्नुपथ्र्याे त्यो १२ प्रतिशत मात्र भएको छ । सरकारसँग भएको पैसा जनता माझ आउन नसकेको कारण बजारमा मन्दी आएको छ । त्यस्तै राष्ट्रिय आम्दानीको रुपमा लिन सक्ने ठाउँमा आम्दानी लिन सकिरहेको छैन । वैदेशिक सहायता लिने मामिलामा पनि यो सरकार असक्षम देखिएको छ । आफ्नो पूँजी परिचालन गर्न असक्षम छ । देशको गरिबी निवारण गर्न पनि सरकार लागि परेको छैन । बेरोजगार समस्याको सम्बोधन गर्न सकेको छैन । अहिले देशको अर्थतन्त्र भन्दा बैदेशिक रोजगारबाट आउने कर बढी छ । सरकार अहिले देशको वास्तविक समस्या प्रति जानकार नै छैन । अन्जान सरकारले देश विकासको के सम्भाव्यता राख्छ ? तथापि हाम्रो यो अभियानले देश के भइरहेको छ ? यो भइरहेको कुरा ठिक छैन भन्ने कुरा र मध्य पहाडी राजमार्गको महत्व र उपादेयताको कुरा र नेकपा एमाले जनतासँग नजिक गएर जनताको वास्तविक मर्म र पीडा के हो ? एमालेले के कुुरा बोकिराखेको छ ? त्यो कुरा बुझाउने र फेरि मिसन २०८४ मा जनताको अभिमत सहितको नयाँ दृष्टिकोण हुनेछ । अब यो यात्रा पछि एमालेले पूर्व–पश्चिम यात्रा, हुलाकी यात्रा पनि सुरु गर्नुपर्छ ताकि देशको ७७ वटै जिल्लामा नेकपा एमाले पुगेर जनसरोकार का विषयमा थाहा गर्ने योजना रहेको छ ।