एमाले सरकारमा आउला कि भनेर सबै आत्तिएका छनः एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सरकारमा आउला कि भनेर सबै आत्तिएको बताएका छन् । मध्य पहाडी लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा’का क्रममा गोरखा आइपुगेका ओलीले शनिबार सदरमुकाममा भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले सरकारमा आयो भने पहिलो भन्दा राम्रो काम गर्छ भनेर सबै आत्तिएको बताए ।

एमालेले काम ग¥यो भने, नाकाबन्दीसँग डटेर सामान ग¥यो भने, उत्तरतिरको छिमकीसँग यातायात, पारवहन सम्झौता ग¥यो भने, विकासको गतिलाई अघि बढायो भने सबै मिलेर सरकारबाट हटाउँने खेल सुरु हुने गरेको तर्क गरे । लोकतन्त्रमा प्रतिस्पर्धा स्वच्छ हुनुपर्ने भन्दै प्रतिस्पर्धा कामबाट देखाउनुपर्ने बताएका छन । कालापानी, लिम्पियाधुरा, र लिपुलेकका बारेमा सरकारले उच्चस्तरीय वार्तामा उठाउन नसकेको पनि ओलीको आरोप छ ।

अडिनै नसक्ने खालको कमजोरी देखाउनु लज्जाको विषय भएको ओलीले बताए । वर्तमान सत्ता गठबन्धनलाई ‘चीनको सहयोग लिए अर्को छिमेकी रिसाउँछन्’ भन्ने भय रहेको ओलीको आरोप छ ।