शेखर कोइरालाको गुनासोः टोलमै कांग्रेस–कांग्रेसबीच बोलचाल समेत हुन छाड्यो
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालेले टोलमै कांग्रेस–कांग्रेसबीच बोलचाल समेत हुन छाडेको भन्दै चिन्ता व्यक्त गरेका छन । चितवन काठमाडौं प्रजातान्त्रिक संगमको कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै नेता कोइरालाले चितवनमा कांग्रेसको अवस्था खस्किँदै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन । उनले चितवनमा व्यक्तिवादी चरित्र हावी भएको भन्दै एकले अर्कोलाई एसेप्ट नै नगर्ने हिसाबले अगाडि बढिरहेको बताए ।
चितवनको मात्रै नभइ हरेक ठाउँमा यस्तो अवस्था देखिएको उनले बताए । यसो हुनुमा केन्द्रबाट आफूहरुको गल्ती भएको उनले स्विकार गरेका छन। । ‘हाम्रो कमीकमजोरीको कारण आज चितवन नेपाली कांग्रेसको हातबाट गइराखेको अवस्था छ,’ उनले भने ।