मिलन कि बिछोड
-विनोद तमु
कसैले साथ नदिए पनि मैले साथ दिएको थिएँ ।
तिमिले चाहेभन्दा बढी मैले माया दिएको थिएँ ।
जसरी हुन्छ तिम्रो चाहना पूरा गरेको थिएँ ।
आंखामा आँसु हुँदापनी तिम्रै लागि हाँसेको थिएँ ।
माया लुकाईन सबै तिमिलाई दिएको थिएँ ।
बर्षौंसम्म तिम्रै प्रतीक्षामा कुरीरहेको थिएँ ।
तर,
गल्ती गरेछु मैले तिमिलाई साँचो प्रेम गरेर
पीडा निम्त्याएछु मैले तिमिलाई यो कुरा भनेर
आँखा बिजाएछु मैले तिम्रो सपना देखेर
पागल भएछु तिम्रो मायाको सागरमा डुबेर
अनि सुख सारा गुमाउन पुगेछु, तिम्रो दुखमा साथ दिएर
त्यैपनी चाहन्छु हिंड्न जिवनमा तिम्रै हात समाएर
होईन चाहना मेरो तिमिलाई झुलाउने
तिमी हौ भनी संसारलाई देखाउने
केही छिनको साथ दिने
अनि साथ छोडि रुवाउने
होईन चाहना मेरो तिमिलाई झुलाउने
केही छिनको साथ दिने
अनि साथ छोडि रुवाउने
म त चाहन्छु केवल तिम्रो साथ यो जिवनमा
साथी मात्र होईन प्रेमिकाको रुपमा
सुखमा मात्र होईन चाहन्छु साथ दुस्खमा
सपनामा होईन बनाउन चाहन्छु आफ्नो, बिपनामा
बिछोडमा होईन माया हुन्छ मिलनमा
तर,
बुझेनौ तिमिले कहिल्है मेरो मायालाई
स्विकारेनौ कहिल्है मेरो न्यानो साथलाई
टुक्रायौ तिमिले मेरो मुटुलाई
त्यैपनी चाहन्छ यो मन तिमिलाई
तिमिले त भन्छौ छैन भएको बेला मायाको
छोडिदेउ हिँड्न मसँग मायाको भिख मागी
अनि जान खोज्छौ मबाट टाढाटाढा भागी
तर
मर्दैन यो मेरो माया केही गरेर
बदलिँदैन सोच कसैले केही भनेर
मेटाउन सक्दिम मेरो माया तिमिलाई भुलेर
पखाल्न सक्दिन पीडा आँसु झारेर
अनि वाँच्न सक्दिन तिमिबाट टाढा बनेर
त्यसैले,
चाहन्छु भन्न म तिमिलाई माया गर्थें, गर्छु र गरीरहने छु
हात समाएको थिएं, साथ पनि दिईरहने छु
गलत तिमि होईन, तिम्रो कुरा बुझेको छु
समय आउला तिम्रो पनि मन पग्लिने प्रतिक्षामा छु
कुरिरहेको छु, तिम्रो मायाको आशमा कुरीरहने छु
तिम्रो मायाको आशमा कुरीरहने छु ।