पनौतीको दोश्रो नीजि विद्यालय नवरत्नको अभिभावक दिवस

पनौती नगरपालिका वडा नम्वर ७ मा २०४४ सालमा स्थापना भएको पनौती क्षेत्रको दोश्रो नीजि विद्यालय नवरत्न अंग्रेजी सेकेन्डरी स्कुलले ३० औ अभिभावक दिवस, पुरस्कार वितरण, विद्यार्थी सम्मान तथा एसईई उर्तिण विद्यार्थीहरुको विदाई गरेको छ ।
प्याब्सन नेपालका केन्द्रिय उप महासचिव भिमसेन केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य पूर्णकुमार श्रेष्ठ, पनौती प्याब्सनका सचिव भक्तबहादुर महत, वडा नम्वर ७ का अध्यक्ष सविन ताम्राकार लगायतले पनौती क्षेत्रको इतिहास बोकेको विद्यालय नवरत्नले पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए ।
संस्थापक प्रिन्सिपल सुर्यप्रकाश देउजाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एसईई उर्तिण २०७८ र २०७९ ब्याचका विद्यार्थीहरुलाई सम्मान सहित विदाई गरिएको थियो । साथै उनिहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो ।

सहायक प्रिन्सिपल श्रीजन पसँक्षेले विद्यालयले २०४४ सालमा स्थापना भएर २०५४ साल देखि निरन्तर एसएलसी तथा एसईई परीक्षामा सहभागि भई विद्यार्थीहरुको शैक्षिक गुणस्तर कायम राख्न महत्वपूर्ण भूमिका खेलिरहेको बताए । कार्यक्रममा विद्यार्थीहरुले प्रतिभा प्रस्फुटनका साथै सन्देशमुलक नाटक, गित तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।