आइजीपी रनिङ ट्रफीः रामभक्त मेमोरियल बनेपा र पुलिस स्कुल धरान विजयी

नेपाल पुलिस स्कुल साँगामा जारी २९ औं अन्तर विद्यालय आइजिपी फुटबल रनिंग ट्रफिको चौथो दिनको खेलमा रामभक्त मेमोरियल स्कुल बनेपा र नेपाल पुलिस स्कुल धरान विजयी भएका छन । आज भएको पहिलो खेलमा रामभक्त मेमोरियल स्कुल बनेपाले डिएभि स्कुल ललितपुरलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । डिएभिले खेलको १४ औँ मिनेटमा अग्रता लिए पानि जोगाउन नसक्दा नतिजा अनुकुल बनाउन सकेन । विजयी टिमका लागि खेलको ३६औँ, ४३ औँ, ५० औँ र ५४ औँ मिनेटमा क्रमसः शेरिज मान्नधर, ह्रदयेन्द्र दर्लामी, लुनिभ मान्नधर र सन्दिप कार्कीले गोल गरेका थिए । डिएभिका लागी सुदकर घिमिरे र शाहेब गयजले १–१ गोल गरे । विजयि टिमका लुनिभ मान्नधर म्यान अफ दि म्याच घोषित भए ।
आजै भएको दोस्रो खेलमा नेपाल पुलिस स्कुल धरानले बेलर स्कुल बनेपा बिरुद्ध ५–० सहज जित निकालेको छ । विजयी टिमको लागि समिर राई एक्लैले ४ गोल गरेका छन् भने मयान्क क्षेत्रिले अर्को १ गोल थपे । विजयि टिमका समिर राई म्यान अफ दि म्याच घोषित भए । यो खेल सगैँ समुह ‘ए’ मा रहेको नेपाल पुलिस स्कुल धरानल दुई खेलमा दुई स्पष्ट जितका साथ ६ अंक बनाई तालिकाको शिर्ष स्थानमा छ । एक खेल खेलेको बुढानिलकण्ठले एक जितसगैँ ३ अंक जोडेको छ । दुई खेलमा १ बराबरि र एक हार सहित बेलर र एक खेलमा एक बराबरि सहित ग्रेसल्याड स्कुल साँगा समान १ अंक जोडी तेस्रो र दुई खेलमा दुवै हार व्यहोरेको जेम्स स्कुल ललितपुर तालिकाको पुछारमा रहेको छ ।
भोलि लिगका तिन खेल हुनेछन्, जसमा एनपिएस सामाखुसिले एपिएफको, एसओएस पनौतिले काष्ठमण्डप स्कुलको र आयोजक नेपाल पुलिस स्कुल सागाँ ‘बी’ ले ल्याबरोटरि स्कुल क्रिर्तिपुरको सामना गर्नेछन ।
मंसिर २० गतेदेखि सुरु भएको प्रतियोगिता पुसको पहिलो हप्तासम्म चल्नेछ । १६ बिद्यालयका १७ टिम सम्मिलित प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमस ५० हजार, ४० हजार र ३० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । यसका साथै व्यतिगत विधातर्फ उत्कृष्ट खेलाडीहरुलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।