पनौती जेसिजको अध्यक्षमा सिजन सुधाकार निर्वाचित
पनौती जेसिजको अध्यक्षमा सिजन सुधाकार निर्वाचित भएका छन । पनौती जेसिजको २६ औं साधारणसभा तथा २५ औं अधिवेशनबाट पनौती जेसिज वर्ष २०२४ को अध्यक्षमा सुधाकार निर्बिरोध निर्वाचित भएका हुन । यस्तै कार्यकारी उपाध्यक्षमा इन्दिरा नापित र रामकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । महासचिवमा ओमकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा सजिन पसखल निर्वाचित भएका छन् भने उपाध्यक्षमा निश्चल स्याउला, सुरेन्द्र भुजु, कमलकृष्ण गौतम र सन्दिप बस्नेत निर्वाचित भएका छन् । कार्यक्रम संयोजकको जिम्मेवारी सागर प्रधानले प्राप्त गरेका छन् ।