आज अन्तराष्ट्रिय मानवअधिकार दिवसः धुलिखेलमा हुने विशेष कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने

आज ७५ औँ अन्तराष्ट्रिय मानवअधिकार दिवस (१० डिसेम्बर) नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ । सबैका लागि न्याय, स्वतन्त्रता र समानता भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।
दिवसको अवसरमा राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) को आयोजनामा धुलिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । धुलिखेल नगरपालिकाको सभाकक्षमा हुने कार्यक्रमलाई नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।
कार्यक्रममा मानव अधिकारको अवस्था, चुनौती तथा भावी रणनीतिका बारेमा छलफल हुने अध्यक्ष मीनबहादुर शाहीले जानकारी दिएका छन् । मानवअधिकार एलाइन्स काभ्रेको संयोजनमा कार्यक्रम हुन लागेको हो । अध्यक्ष शाहीले मनव अधिकार र सामाजिक न्यायका लागि ऐक्यवद्धता जनाउन सबैमा आग्रह गरेका छन् ।