एमाले अभियानको ११ औ दिन काभ्रेको मण्डनदेउपुरमा विशाल सभा
नेकपा एमालेले शुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को ११ औ दिन आज काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका कुन्ताबेशीमा सिन्धुपाल्चोक जिल्लाका पार्टी नेता तथा कार्यकर्ता, सर्वसाधारणहरुको समेत सहभागितामा विशाल सभा हुँदैछ । सभाको सम्पूर्ण तयारी सकिएको पोटिलब्युरो सदस्य समेत रहेका पुर्व मन्त्री तथा सोहि क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद गोकुलप्रसाद बास्कोटाले बताए ।
काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको संयुक्त सभा मण्डनदेउपुर नगरपालिकाको कुन्ताबेशी खेल मैदानमा हुँदैछ । सभाका लागि दुबै जिल्लाले स्थानीय कमिटी मार्फत कार्यकर्ता तथा नागरिकहरु सभामा सहभागि गराउने गरी ब्यवस्थापन गरेका छन् । २० हजार भन्दा धेरैको सहभागिता गराउने गरी क्षेत्र र कमिटी तोकेर जिम्मेवारी दिएको एमाले अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिए । सभाका लागि विभिन्न स्थानबाट आउने सवारी साधनको ब्यवस्थापन समेत गरिएको छ ।
मण्डनदेउपुरको कुन्ताबेशी आउन जिल्लाबासीहरुमा आब्हान गरेको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटाले मण्डनदेउपुरबासीहरु सबैलाई घर घरमा निम्ता पठाईएको बताए । जिल्लाबासीहरु सम्पूर्णलाई विशाल सभामा सहभागि हुन नेकपा एमाले काभ्रेले आब्हान गरेको छ । मण्डनदेउपुरमा आईपुग्ने केन्द्रिय टोलीको स्वागतका लागि एमाले काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाले भब्य तयारी गरेका छन् । ‘मण्डनदेउपुर नगरपालिकाका अधिकांश घरमा चुल्हे निम्ता गरेका छौं’–पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले भने–‘स्थानीय पार्टी कमिटी, जनसंगठनहरु परिचालन गरिएको छ । स्थानीय राजनीतिक दलका सबै नेताहरुलाई समेत सभामा सहभागिताका लागि निम्ता गरिएको छ ।’
विशाल सभाका लागि मञ्च ब्यवस्थापन समितिले मञ्च निर्माण कार्य सम्पन्न गरेको छ भने कुन्ताबेशी बेहुली झै रगिंएको छ । स्वागतका लागि गेटहरु निर्माण गरिएको छ । सभाका लागि दुबै जिल्लाबाट सर्वसाधारणको सहभागिता हुनेछ । अधिकांश स्थानीय कमिटीहरुले वडा वडा र घर घरबाट सभामा सहभागि हुने गरी ब्यवस्थापन गरिरहेका छन् । सभामा केन्द्रिय अध्यक्ष केपी शर्मा ओली र पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले सम्बोधन गर्नेछन । काभ्रेपलाञ्चोक जिल्लाका अध्यक्ष अशोक ब्याञ्जुले स्वागत सहितको कार्यक्रम संचालन गर्नेछन भने सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालले अध्यक्षता गर्नेछन् ।
अभियानको टोली नुवाकोट जिल्लाको विदुर हुँदै सिन्धुपाल्चोकको मेलम्चीबाट बाहुनेपाटीमा खाना खाएर सभा स्थल मण्डनदेउपुर प्रवेश गर्नेछ । सभामा सम्बोधन पछि धुलिखेलमा आयोजना गरिएको एमाले निकट मानवअधिकार एलायन्सको अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । आज साँझ धुलिखेलमा बास बसेर भोली मसिंर २५ गते विहान ७ बजे अभियानको टोली पाँचखाल हुँदै दोलालघाटबाट सिन्धुपाल्चोकको खाँडीचौर हुँदै दोलखामा गएर सभामा सहभागि हुनेछ ।
टोली कहिले कहाँ कहाँ बस्यो बास ?