काभ्रेपलाञ्चोक जिल्लामा पशुपालनको सम्भावना र महत्व

मणि प्रसाद सापकोटा 
पशु स्वास्थ्य चिकित्सक 
काभ्रेपलाञ्चोक जिल्ला नेपालको ७७ जिल्ला मध्ये काठमाडौं देखि २५ कि.मी. पूर्वमा पर्दछ । यस जिल्लामा अरनिको राजमार्ग र वि.पी. राजमार्ग (बनेपा सिन्धुली बर्दिबास) पर्दछन् । यस जिल्लामा समुद्री सतह भन्दा २८० मिटरदेखि ३०१८ मिटर बेथानचोक नारायणस्थान पर्दछन् । उचाईको हिसाबले यस जिल्लामा अर्ध उष्ण, न्यानो, समशितोष्ण, ठण्डा शितोष्ण गरि करिब ३ प्रकारको हावापानी पाइनुले ठूला ठूला राजमार्ग यहि जिल्ला भएर अन्य जिल्ला जाने गर्दछ । बनेपा, धुलिखेल, पाँचखाल, भकुण्डेवेशीमा ठूलो वस्ती विकास हुनु, नगरकोट तथा धुलिखेलमा ठूलठूला होटल तथा रिसोर्ट खुल्नु, उत्पादित दुध तथा मासु विक्रीका लागि स्थानीय तथा उपत्यकाका बजारसम्म सजिलै पहुँच पुग्नु, दुध उत्पादन तथा विक्री वितरण सर्वप्रथम यसै जिल्लाको साविक उग्रचण्डी नाका टुसाल हाल बनेपा ४ मा २००९ सालमा स्विस सरकार र नेपाल सरकारको संयुक्त प्रयासमा डेरी स्थापना भई उपत्यकामा दुध तथा दुधजन्य पदार्थ विक्री वितरण गरेकाले नै काभ्रे पशुपालनमा कति महत्व राख्दछ भन्ने कुराको ज्वलन्त उदाहरण हो । 
यस जिल्लामा हावापानीको हिसाबले गाई, भैंसी, बाख्रा, बंगुर तथा कुखुरा पालनको प्रचुर सम्भावना छ । यातायातको सहज पहुँच भएका क्षेत्रमा लैना भैंसी पाल्ने र दुध ढुवानी गरी ल्याउने सहज नभएको स्थानहरुमा भैंसीको पाडा हुर्काउने, मासुको लागि पाडा हुर्काउने, दुधका लागि गाईका बाच्छी हुर्काउने, मासुका लागि वस्तु पालन गर्ने हो भने उत्पादन लागत घट्न जाने र गुणस्तरीय दुध दिने तथा मासुका लागि बस्तु उत्पादन हुने देखिन्छ । यसरी पशु पाल्दा उत्पादन लागत कम गर्नका लागि भैरहेका पोषिला भुइँ तथा डाले घाँस संरक्षण गरी धेरै उत्पादन दिने उन्नत जातका डाले घाँसको खेती गरी घाँसमा आधारित भई पशुपालन गर्न सकेमा काभ्रेका पशुपालनको ठूलो सम्भावना रहेको पाइन्छ । हाल अधिकांश पशुपालक कृषकहरुले निर्वाहमुखी पशुपालन गरेको पायन्छ । जसको कुनै लेखाजोखा राखेको हुँदैन त्यसैको बढी मुनाफा लिन र व्यवसायिक हुन सकेमा थुप्रै रोजगारीको श्रृजना हुने देखिन्छ । काभ्रेपलाञ्चोक जिल्लामा २०७२ सालमा दुधमा आत्मनिर्भर घोषणा भएबाट पनि पशुपालनको सम्भावना दर्शाउँछ । हाल पनि यस जिल्लामा उत्पादित दुध स्थानीय स्तरमा खपत भई उपत्यकामा दैनिक ३ लाख लिटर दुध विक्री भई ठूलो धनराशी ग्रामीण क्षेत्रसम्म भित्रिएको देखिनाले पनि यसको महत्व दर्शाउँछ । कामको खोजीमा विदेश पलायन हुने युवा युवती लक्षित व्यवसायिक पशुपालन कार्यक्रम स्थानीय स्तरबाट सहुलियत पूर्ण रुपमा ल्याउनु नितान्त जरुरी देखिन्छ ।
पशुपालन क्षेत्रमा प्रशस्तै सम्भावना बोकेको काभ्रे जिल्लामा संघीयता लागु भए सँगै प्रत्येक पालिकामा कृषि पशु सेवा शाखाको स्थापना भई छुट्टै कायृक्रम र बजेट समेतको व्यवस्था गरेर कार्यक्रम अगाडि बढाउने क्रममा क्रममा २०७४ मा जननिर्वाचित जनप्रतिनिधि आइसकेपछि पनौती नगरपालिकाका १२ वटै वडामा पशुपालनको अवस्था र तथ्यांक लिने र कृषकको माग बुझ्ने कार्य आ.व. ०७४।०७५ मा सम्पन्न गरियो । उक्त समयमा लिइएको तथ्यांक अनुसार गाई १४५११, भैंसी ४७४७ रहेको र सोबाट सरदर दैनिक ६५,००० लिटर दुध उत्पादन भई स्थानीय स्तरमा खपत भई नगरबाट दैनिक ४५ हजार लिटर दुध अन्यत्र विक्री भएको पाइयो । तथ्यांक अनुसार भैंसीको संख्या न्यून भएकोले भैंसी संरक्षण र सम्बद्र्धन गरी उन्नत लैना भैसीको स्रोत केन्द्र स्थापना गर्न आ.व. ०७६।०७७को कार्यक्रममा कार्ययोजना सहितको निम्न अनुसारको नीति तथा बजेट मार्फत नगरसभाबाट स्विकृत भएको थियो ।
जसअनुसार कालो सुनको रुपमा चिनिएको बहुउपयोगी भैंसीपालन र संरक्षणमा घट्दो आकर्षण, उत्पादनशिल भैंसीपालन नगर्ने, पाडी हुर्काउन नचाहने र क्षणिक लाभका लागि वार्षिक ४००–६०० लैना भैंसी खरिद गर्ने तर उत्पादन पनि नबढ्ने भैंसीको संख्या पनि नबढ्ने झनै भैंसीको संख्या घट्दै जाने प्रचलन बढ्दै गएपछि पनौती नगरपालिकाले यस्तोखाले प्रवृत्तिलाई कम गर्दै जुन कृषकको वार्षिक करिब ६ करोड रुपमा भैंसी खरिदमा बाहिरिन रोकी, वैदेशिक रोजगारीमा जाने युवा समेतलाई रोक्ने र यहि रोजगारी सिर्जना गर्ने उद्देश्य राखी भैंसीको संरक्षण, सम्बद्र्धन तथा स्रोत केन्द्र, स्थापना गर्ने लक्ष्यका साथ कार्यक्रम सुरु गरि, सम्पूर्ण प्याकेज सहित पाडी, थोरे वितरण गर्ने गरि भैंसीपालन गर्ने कृषकको माग संकलन गर्दा १०१० जना कृषकले आवेदन दिन भएको र प्राथमिकता र नगरपालिकाले तोकेको कार्यविधि, अनुसार पहिलो चरणमा ३०० पाडी वितरण गर्ने कार्यक्रम स्विकृत भई बोलपत्र मार्फत मुर्रा क्रस १.५ वर्षको थोरे÷पाडी खरिद गरि कृषकलाई वितरण गर्न सुरु गरियो साथै सोहि आ.व. देखि भैंसी सुत्केरी भत्ता समेत वितरण गर्न सुरु गरियो । 
कृषककै घरमै गई पहिलो व्याएको बेते भैंसीलाई रु. ५००० र अन्य बेतका लागि रु २००० तथा विमा, खोप, औषधि उपचार घाँसका विउ सम्पूर्ण प्याकेजमा वितरण गरियो । जुन कार्यक्रम कृषकमाझ यति लोकप्रिय भयो कि दैनिक राष्टिय तथा स्थानीय समाचार माध्यममा पहिलो रोजाई परेको थियो । यो कार्यक्रम नै भैंसी संरक्षण अभियानको देशको पहिलो कार्यक्रम रह्यो । जसको अनुसरण गर्दै ०७६।०७७ मा प्रदेश तथा संघीय सरकारले समेत पनौती नगरपालिकालाई आधार मानी पनौतीमा १ करोड ५० लाख र अन्य धेरै पालिकामा केहि बजेट व्यवस्था गरेको थियो । भैंसीको पाडी, सुत्केरी भैंसीलाई भत्ता तथा अन्य थप कार्यक्रम प्रति कृषकहरु आकर्षित भई उत्पादनशील भैंसी पुनःब्याउने समय सम्म पाल्ने कृषक संख्या १ वर्षमै २०० माथिको वृद्धि भएको र नगरपालिकाले वितरण गरेको ३०० बाहेक थप १११ वटा पाडी आफू खुशी किनेर ल्याई पालेको देखियो । यसरी १ वर्षमै भैंसीको संख्या ४७४७ बाट बढेर ५६३५ मा पुगेको तथ्यांकले देखायो भने ४००–६०० भैंसी नयाँ खरीद वर्षे पिच्छे हुने गरेकोमा १ वर्षमै सो संख्या घटेर २५० गोटामा झरेको पाइयो । जसबाट नगरका कृषकको रु. ४ करोड भैंसी आयातमा घटेको देखिन्छ । दुध उत्पादन पनि दैनिक ५ हजार बढेर ७० हजार लिटर पुगेको तथ्यांकले देखायो । 
जसका कारण नगरपालिकाले कृषकलाई थप प्रोत्साहित गर्न आन्तरिक कार्यक्रममा ३०० संघ र प्रदेशको गरी २०० जम्मा ५०० पाडी÷थोरे वितरण गनृै योजना अघि बढाई कृषकलाई हौसला दियो । ज सका कारण आ.व. ०७७।०७८ मा आइपुग्दा भैंसीको संख्या बृद्धि भई ८११० पुगेको पाइयो। यस आ.ब. को अन्त्य सम्म न.पा.को वितरण गरेका पाडी ६० वटा ब्याउने भैसकेको पाइयो भने  यो आ.ब.मा करिब १५० मात्र नयाँ भैसी नगरमा भित्रिएको देखियो । यो कार्यक्रमबाट सोचेभन्दा राम्रो प्रगति छोटो समयमा नै भएकोले र दिगो तथा प्रभावकारी भएकाले आ.ब. ०७८।०७९ मा समेत सबै कार्यक्रम लाई यथावत राखी १६० वटा भैंसी, पाडी वितरण गरियो जसका कारण आ.व.को अन्त्यसम्म भैंसीको संख्या ९११० पुगेको र नगरपालिकाले वितरण गरेको पाडी १४१ वटा ब्याएको, भैंसी आयात १०० मा झरेको दुध उत्पादन ७५ हजार लिटर दैनिक पुगेको र ठूलो धनराशी नगरमा भित्रिएको २० वटा भन्दा माथि भैंसीपालन गर्ने व्यवसाय फर्म २० वटा खुलेको नगरको कार्यक्रमको अनुसरण अध्ययन अवलोकनका लागि २० वटा पालिका प्रमुख, उपप्रमुख, विषयगत शाखा प्रमुखहरुको आएको, दैनिक स्थानीय र राष्ट्रिय समाचार माध्यममा कार्यक्रमका बारेमा प्रचारप्रसार सहित निस्कनुले पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखा र शाखा प्रमुख देशकै उत्कृष्ट सहितको सम्मान पशु सेवा विभाग र विभिन्न संघसंस्थाबाट प्राप्त गर्नुले पनि यो कार्यक्रमको महत्व कति रहेछ अनुमान गर्न सकिन्छ । यति लोकप्रिय जनताको कार्यक्रम कृषकको घरदैलोको कार्यक्रम २०७९ मा निर्वाचित जनप्रतिनिधिहरु पूर्व जनप्रतिनिधि तथा शाखाको लोकप्रियता बढ्छ भने वितरणका कार्यक्रम, प्याकेज कार्यक्रम सबै बन्द गरेर बन्द गर्नै नसकिने भैंसी सुत्केरी भत्ता र पशु वीमा प्रिमियममा प्राप्त गर्न निकै झन्झटिलो पारेका छन् । यसरी राजनैतिक प्रतिशोधका कारण जनताको कार्यक्रम रोकिनु कत्तिको सान्दर्भिक हुन्छ होला ।