एमालेले देश बिग्रन दिँदैनः अध्यक्ष केपी शर्मा ओली

 

नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले देश विग्रन नदिने बताएका छन । पार्टीको झुलाघाट–चिवा भञ्ज्याङः समृद्धिका लागि संकल्प यात्राको क्रममा काभ्रेको मण्डनदेउपुरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै उनले एमाले सरकारबाट बाहिरिँदा समृद्धिको यात्रा ओरालो लागेको समेत बताए । उनले गठबन्धनले देशलाई बर्बादीतर्फ लगेको समेत आरोप लगाएका छन ।

नेकपा एमालेले ३ वर्ष सरकारमा रहँदा गरेको काम गठबन्धनले ३० वर्षमा पनि गर्न नसक्ने उनको दाबी छ । मण्डनदेउपुर र पाँचखाल क्षेत्रमा सिँचाईको लागि आवश्यक काम अघि बढाउने ओलीले आश्वासन दिएका छन । नेकपा एमालेले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई आफ्नो गन्तव्य बनाएर हिँडेको भन्दै उनले कसैले पनि निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन । कार्यक्रममा नेकपा एमालेका पोलिट्व्युरो सदस्य गोकुल बास्कोटा, नेकपा एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले जिल्लाको वस्तुस्थिती जानकारी गराएका थिए ।

नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा धुलिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका छन । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च मानवअधिकार एलाइन्स को आयोजनामा धुलिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । यात्राको क्रममा सोमवार ओलीले दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।