‘मानवअधिकार पेशा ब्यवसाय नभई आदर्श हो’–अध्यक्ष ओली

धुलिखेल । ७५ औँ अन्तराष्ट्रिय मानवअधिकार दिवस (१० डिसेम्बर) का अवसरमा धुलिखेलमा राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स)ले सबैका लागि न्याय, स्वतन्त्रता र समानता भन्ने नाराका साथ अन्र्तक्रिया गरेको छ । अन्र्तक्रिया कार्यक्रममा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।
अन्र्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मानव अधिकार कुनै ब्यवसाय र पेशा नभएको बताउँदै आफ्नो आदर्श भएको बताए । ‘मानवअधिकारका लाडि लड्ने भन्दा कुन संगठनमा हुनुुहन्छ ? भनेर सोध्छन’–अध्यक्ष ओलीले भने–‘सरकारलाई दबाब दिने हो । विभिन्न अंग र निकायलाई दबाब दिने हो । संगठनमा हुँदैमा मात्रै मानवअधिकारको कुरा गर्ने ? भन्ने हुँदैन ।’
सरकारमा पुग्ने वित्तिक्कै एमालेले जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता दिएको बताउँदै अध्यक्ष ओलीले कोहि भोकले मर्दैन भन्ने अभियानका साथ कार्यक्रम संचालन गरेको बताए । हाम्रा सन्तानहरुलाई सडकमा जानु पर्ने अवस्थाको अन्त्य गर्न, सडकमा पुगेका बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्ने गरी कार्य गरेको मानवअधिकार होईन ? अध्यक्ष ओलीले भने । ‘एमालेले भन्ने मात्रै होईन, गर्छ पनि । सडकमा आउने मानवहरुको उद्धार गरेको छ । विद्यालयमा अनिवार्य सेनेटेरी प्याड उपलब्ध गराउने गरी निशुल्क ब्यवस्था ग¥यौ –अध्यक्ष ओलीले भने–‘मानव अधिकारका लागि काम गरिरहेका संघ संस्थाहरुसँगको समन्वयमा काम गर्दा अझै धेरै नागरिकहरुका लागि कार्य गर्न सकिन्छ ।’

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) का अध्यक्ष मीनबहादुर शाहीले मानव अधिकारको अवस्था, चुनौती तथा भावी रणनीतिका बारेमा छलफल गरिएको बताए । मानवअधिकार एलाइन्स काभ्रेको संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । अध्यक्ष शाहीले मनव अधिकार र सामाजिक न्यायका लागि ऐक्यवद्धता जनाउन सबैमा आग्रह गरेका छन् ।