नेपाल अन्तराष्ट्रिय भु–राजनीतिको खतरामा पर्योः कनकमणी दिक्षित
धुलिखेल । नेपाल अन्र्तराष्ट्रिय भु–राजनीतिको खतरामा परेको पत्रकार कनकमणी दिक्षितले बताएका छन् । धुलिखेलमा राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स)ले आयोजना गरेको कार्यक्रममा बोल्दै नागरिक समाजका प्रतिनिधि समेत रहेका दिक्षितले नेपाल अन्र्तराष्ट्रिय स्तरमा स्वाभिमान तथा विदेशीहरुको हस्तक्षेप विरुद्ध बोल्न नसक्ने अवस्थामा पुगेको बताए । ‘विदेशहरुका लागि नेपाल धेरै कम्फरटेबल भयो, सरकार र सत्तामा भएका दलका नेताहरुलाई आँखामा आँखा जुधाएर नेपाल र नेपालीका लागि बोल्ने साहस किन घ्टयो’– दिक्षितले भने–‘संविधानको खिलापमा सुनिन थालेका स्वरहरुको ब्यवस्थापन नगरी सरकार कहाँ चुकिरहेको छ ?’
नागरिक समाज ब्यवसायीकरण र कर्मकाण्डी भएको बताउँदै दिक्षितले विश्वका विभिन्न मुलुकहरु मध्ये नेपाल मानवअधिकारका क्षेत्रमा खुल्ला भएको बताउँदै जनताको प्रतिरक्षा गर्ने क्षमता बढाउन सत्ता बाहिर रहेका दलहरुको खवरदारी आवश्यक रहेको बताए । ‘सरकारले नागरिकहरुका सामान्य भन्दा समान्य विषयमा ध्यान दिन सकेन’–दिक्षितले भने–‘त्यहि कारण विभिन्न शक्तिहरु सल्बलाईरहेका छन् । मुलुकमा फेरी भयावह द्वन्द्व निम्तिन नदिन एमालेले खवरदारी गर्न दिक्षितले सुझाव दिए । नागरिकका राजनीतिकसँगै आर्थिक र सामाजिक अधिकार कुण्ठित हुन लागेकाले सबैको खवरदारी आवश्यक रहेको उनले बताए ।