अध्यक्ष ओलीलाई धुलिखेल एमालेको भब्य स्वागत (तस्बिरहरु)

नेकपा एमाले धुलिखेल नगर कमिटीले पार्टीका केन्द्रिय अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई धुलिखेल नगरमा भब्य स्वागत गरेको छ । अध्यक्ष ओली सहितको केन्द्रिय टोली १९ दिने अभियानका क्रममा आईतबार धुलिखेल आईपुगेको हो ।

सोहि क्रममा धुलिखेल नगर कमिटीले विशेष स्वागत गरेको हो । अध्यक्ष दयाराम महतले अध्यक्ष ओलीको स्वागतका लागि १२ वटै वडाका पार्टीका कार्यकर्ता तथा नेताहरु तथा सर्वसाधारणहरुले विभिन्न बाजागाजा, धिमे, लाखे तथा अन्य सांस्कृतिक कार्यक्रम मार्फत स्वागत गरेको बताए । अभियानको टोलीलाई नेवारी खाजा सहित स्वागत गरिएको थियो । पार्टी कार्यालय परिसरमा दिप प्रज्वलन सहित अध्यक्ष ओलीलाई भब्य स्वागत गरिएको थियो । अध्यक्ष महत, उपाध्यक्ष निरज खड्का, सचिव विष्णु धिताल, उपसचिवद्धय कृष्णहरी कोईराला र चिनिमाया तामाङ, वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु तथा पार्टीका विभिन्न तहका पदाधिकारीहरुले स्वागत गरेका थिए ।
एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जु सहितका नेताहरुले पनि धुलिखेलमा अध्यक्ष ओली सहितको टोलीलाई भब्य स्वागत गरेको थियो ।

तस्बिरहरु