साउदी रियाद सिजनमा नेपालको भव्य शुरुवात

बिष्णु घिमिरे
साउदी
साउदी रियाद सिजनमा नेपालले उद्घाटनको अवसरमा भव्य शुरुवात गरेको छ । साउदीमा रियाद शहर स्थित अल सुवेदी पार्कमा १० डिसेम्बरमा शुरु भएको सिजनको उद्घाटनमा नेपालले आफ्नो कला, धर्म संस्कृति परम्परा जगेर्ना सहित जातिय संस्कृति र परम्पराका झाँकी प्रदर्शन गरेको छ ।

सिजनको पहिलो दिनको शुरुवातमा साउदीमा कार्यरत स्थानीय कलाकारहरुले आफ्नो नृत्य तथा गायनको रुपमा प्रस्तुती दिएका थिए भने उपस्थित अन्य नेपाली तथा गैरनेपालीहरुले पञ्चेबाजा र स्थानीय कलाकारको साथमा नृत्य गरि मनोरञ्जन लिएका थिए । सिजनमा नेपाली दुतावास स–परिवार लगायत पाँच सय भन्दा बढि नेपालीको सहभागिता रहेको थियो । सिजनमा नेपालको सहभागीता १० डिसेम्बरदेखि १२ डिसेम्बरसम्म तीन दिनको लागि रहनेछ । हिजो ११ र आज १२ डिसेम्बरका दिन नेपाली गायिका तिर्सना गुरुङ लगायतका कलाकारहरुको प्रस्तुती रहेको छ । सिजनमा भारत, पाकिस्तान, बङ्गालादेश, फिलिपिन्स, इन्डोनेसिया,सुडान लगायतका मुलुकहरूले सहभागिता सहित प्रदर्शन गरेका थिए ।