नक्कली कागजात बनाउन सहयोग गर्ने वायु सेवा निगमका अधिकृत पक्राउ

नेपाल वायु सेवा निगमका अधिकृत होमनाथ पोखरेल पक्राउ परेका छन । भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले अधिकृत पोखरेललाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

भिजिट भिसामा कामदार पठाउने गिरोहबारे अनुसन्धान गर्दै जाँदा वायु सेवा नियमका अधिकृत पोखरेलको पनि संलग्नता खुलेको एसपी रेग्मीले बताए ।

यो प्रकरणमा प्रहरीले यसअघि कन्सल्टेन्सीका सञ्चालकसहित १३ जनालाई पक्राउ गरिसकेको छ ।