जनकपुरमा ३ दिनसम्म मदिरा र मासु बिक्रीमा रोक

जनकपुरधाममा तीन दिनसम्म मदिरा तथा माछारमासु बिक्री वितरणमा रोक लगाइएको छ । श्रीसीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा मदिरा र मासु विक्रीमा रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालय धनुषाले मंगलबार सूचना जारी गर्दै मङ्सिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म मदिरा तथा माछारमासुको बिक्री वितरणमा रोक लगाइएको जनाएको छ।
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउनका लागि जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको प्रशासकीय अधिकृत विश्वविजय शर्माले जानकारी दिए । निर्देशकको पालना नगरे प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।