प्रयोगशाला सेवाले ज्येष्ठ नागरिकको मुहारमा खुसी

पनौती नगरपालिका वडा नम्बर १२ भुमिडाँडा स्वास्थ्य चौकिले ५ दिने प्रयोगशाला सेवा सहितको ज्येष्ठ नागरिक स्वास्थय कार्यक्रम शुभारम्भ गरेको छ । ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थाको जानकारी लिन र सेवा प्रदान गर्न आर्थिक वर्ष २०७९÷८० बाट पनौती नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सुरु गरेको हो । यस आर्थिक वर्षमा पनौती नगरपालिका अन्तर्गतका सम्पुर्ण स्वास्थ्य सस्थाले ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सन्चालन गर्ने छन ।
वडाका विभिन्न ठाउँमा प्रयोगशाला सहितको स्वास्थ्य कार्यक्रम राखिएको छ । सामान्य उपचार, परामर्शका साथै ज्येष्ठ नागरिकको रगत संकलन गरि रगत, सुगर, युरिक एसिड लगायत स्वास्थ्य जाँच गरिने कलाँती भुमिडाँडा स्वास्थ्य चौकी प्रमुख साजन केसीले जानकारी दिए । साथै क्षयरोग को लक्ष्यण देखिएकाहरुको खकार परिक्षण सेवा समेत राखिएको छ ।
यसअघि स्वास्थ्य चौकी भवन र पचारे दोभानमा शिविर गरिसकिएको छ भने आज मगर गाउँ चौतारा पसलमा शिविर राखिएको छ । भोली मंसिर २८ गते कार्की खत्री टोलमा र २९ गते गागल स्कुलमा शिविर आयोजना गरिएको छ ।
कलाती भुमिडाडा स्वास्थय चौकिले आयोजना गरेको ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रमको शुभारम्भ उप प्रमुख गिता बन्जारा, पनौती न.पा १२ का वडा अध्यक्ष जयराम के.सि, स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिना लगाएतको उपस्थितिमा गरिएको थियो । सामान्य उपचार सेवा स्वास्थ्य सस्थाका कर्मचारीहरुले प्रदान गर्ने छन भने प्रयोगशाला सेवा दिपेश घिमिरेले प्रदान गर्ने स्वास्थ्य चौकी प्रमुख साजन के.सि ले जानकारी दिएका छन ।