अनलाइन पत्रकारिता(Online Media and Role of IT in Mass Communication)

सुरज अधिकारी
के हो ? What is Online Journalism ?
अखबारहरुमा खबरहरु प्रकाशित गरी गरिने अखबारी पत्रकारिता, रेडियो तथा टेलिभिजनमा आवाज र दृश्यको प्रयोग गरी गरिने प्रसारण पत्रकारिता भएजस्तै इन्टरनेटको संजालभित्र विभिन्न वेभसाइटमार्फत् सूचना तथा खबरहरु उपलब्ध गराउनु तथा समाचार सामग्रीहरु प्रकाशित गर्नु अनलाइन पत्रकारिता हो ।
अनलाइन पत्रकारिता अथवा इ–जर्नालिजम वास्तवमा छापा, रेडियो तथा टेलिभिजन माध्यमको मिश्रित रुप हो । कुनै पनि समाचार साइटमा लगइन गर्नुभयो भने यी तिनै थरिका माध्यम प्रयोग भइरहेको पाउनुहुनेछ । कम्प्युटरको पर्दामा प्रकाशित समाचार सामग्री, विभिन्न कलात्मक रुपमा देखिने तस्वीरहरु तथा मल्टिमिडियाको माध्यमबाट सुन्न र हेर्न सकिने आवाज तथा तस्वीरले उतm माध्यमहरुलाई समेट्न सकेको छ । यसलाई कसै कसैले नया माध्यम अर्थात (New Media) पनि भन्ने गरेका छन् ।
शुरुवात (History)
कम्प्युटर र खासगरी सूचना प्रविधिको चमत्कारिक विकासले २१औँ शताब्दीको मानव जीवनमा ठूलो प्रभाव पारेको छ । कम्प्युटरको अत्यधिक प्रयोग हुनु तथा इन्टरनेट प्रविधिको बिस्तारले धेरै मानिसहरु उनीहरुको धेरै समय इन्टरनेट सजालभित्र बिताउने भएबाट र इन्टरनेटमा उपलब्ध हुने असंख्य सूचनाहरुको कारणले अनलाइन पत्रकारिताको अवधारणा शुरु भएको पाइन्छ । हुन पनि अहिलेको विश्व जनसङ्ख्याको ठूलो हिस्सा सूचना आदान प्रदानको लागि अनलाइन माध्यममा भर पर्न थालेको छ । सन् १९६९ मा अमेरिकी रक्षा विभागका अनुसन्धान विशेषज्ञले चार वटा कम्प्युटरको नेटवर्क अर्पानेट (ARPANET) बाट प्रयोगात्मक रुपमा सूचनाहरु आदान–प्रदान गर्न शुरु गरेको सानो नेटवर्क सन् १९९० मा बेलायती वैज्ञानिक टीम वर्नर लीले वेभसाइटहरु बनाउनको लािग अत्यावश्यक एचटीएमएल कोडहरुको विकास गरेपछि द्रुत गतिमा विकास हुन थालेको हो । फलस्वरुप हजारौँ वेभसाइटहरुको निर्माण सभव भयो ।
इन्टरनेट र वल्र्डवाइड वेभको (World Wide Web) को आविस्कारले मानव जीवनको सूचना लिने र पठाउने प्रक्रियामा व्यापक परिवर्तन आउनुको साथ–साथै सन् १९९२ मा पहिलो पटक अमेरिकाको शिकागो ट्रिव्यन अनलाइनको रुपमा इन्टरनेमा प्रकाशित भयो । यसपछि नै वास्तवमा अनलाइन पत्रकारिताको शुरुवात भएको अमेरिकी पत्रकार मार्क डुजेले आफ्नो पेपर हिस्ट्री अफ अनलाइन जर्नालिजममा उल्लेख गरेका छन् ।
हाल आएर विश्व विख्यात सि.एन.एन., बि.बि.सी. जस्ता टेलिभिजन नेटवर्क, एपी, एएफपी, रोयटर्स, सिन्ह्वा जस्ता समाचार एजेन्सीहरु तथा अन्य विश्वभरका अखबारहरु सबैजसोले तिनीहरुको अनलाइन संस्करण प्रकाशित गर्दछन् । ठूलो सङ्ख्यामा प्रकाशित हुने भारतीय तथा चाइनिज अखबारहरु यसअघि नै इन्टरनेटमा उपलब्ध छन् । भूटानजस्तो सूचनाको मामलामा पछि परेको देशले समेत उसको सरकारी मूखपत्र kuenselonline.com प्रकाशित गरेर सरकारी सूचनाहरु उपलब्ध गर्ने गरेको छ ।
यसले गर्दा अबको पाठक स्रोता र दर्शक पत्रपत्रिकाहरु, रेडियो र टेलिभिजनमा मात्र सीमित छैनन्, कम्प्युटर र इन्टरनेटमा संलग्न लाखौँ लाख मानिसहरुतर्फ मध्यजनर गर्दै धेरै इन्टरनेट समाचार साइटहरुको स्थापनाले अनलाइन पत्रकारिताले ठूलो फड्को मारेको हामी पाउदछौ ।
इन्टरनेटमा नेपाली मिडियाहरु(Nepali Online Media)
सीएनएन, बीबीसी तथा अन्य कैयन् विश्वप्रसिद्ध समाचार साइटहरु मात्र हैन, आज हाम्रै नेपालमा पनि विभिन्न समाचार साइटहरु इन्टरनेटमा प्रकाशित भैसकेका छन् । हिजो आज खासगरी विभिन्न अखबारहरु इन्टरनेटमा राख्ने लहरनै चलेको देखिन्छ । केही वर्ष अघिसम्म पनि नेपाली अखबारहरु इन्टरनेटमा उपलब्ध थिएनन् । कुनै पत्रिकाले उसको उपस्थिति इन्टरनेटमा गराउनु गौरवको विषय ठानिन्थ्यो । कुनै अखबारले आफ्नो उपस्थिति इन्टरनेटमा जनाएमा आफ्नो अखबारकोे अग्रभागमा इन्टरनेट ठेगाना छाप्न उनीहरु उत्साहित हुन्थे । तर हिजो आज यो क्रम सामान्य बनेको छ र अधिकांश नेपाली मिडियाहरुले आ–आफ्नै वेभसाइटमार्फत् र केहीले अरु समाचार पोर्टल साइटहरुको माध्यमबाट समाचार प्रकाशित गरिरहेका छन् ।
जसले गर्दा कम्प्युटर र इन्टरनेट सुविधाको पहुँच हुनेहरुका लागि आजकल विभिन्न थरीका पत्र–पत्रिकाहरु किनिरहनु पर्दैन । इन्टनेटबाट नै विभिन्न अखबारहरु खोजी खोजी पढ्न सकिन्छ । विश्वभर छिनछिनमा घटेका घटनाहरुको बारेमा विभिन्न समाचार साइटहरुले तत्कालै जानकारीहरु उपलब्ध गराउने भएकाले यस्ता साइटहरुको लोकप्रियता दिनानुदिन बढिरहेको छ ।
नेपालमा इन्टरनेटमा समाचार तथा पत्रिकाहरु प्रकाशित गर्ने चलन नयाँ भए पनि स्थापनाको छोटो समयमा नै नेपाल न्यूज डट कमले निकै लोकप्रियता हासिल गरेको देखिन्छ । सन् १९९५ मा मर्कन्टाइलको व्यापारिक वेभसाइट साउथ–एशिया डट कममा अङ्ग्रेजी दैनिक द काठमाडौँ पोस्ट पहिलो पटक राखिएको थियो । यो अखवार मर्कन्टाइल र कान्तिपुरको संयुक्त प्रयासमा इन्टरनेटमा उपलध्ध एशियाकै पहिलो थियो । यसलाई नेपाली अनलाइन पत्रकारीतामा कोशेढुगो मानिएको छ । पछि यहि अवधारणाले समाचारको लागि भनेर छुट्टै नेपालन्युज डटकमको स्थापना गरियो । यो साइट नेपालको अग्रणी सूचना प्रविधि कम्पनी मर्कन्टाइलसँग सम्बन्धित रहेको छ।
नेपाल न्यूज सन् १९९९ मा शुरु हुँदा अन्य कुनै पनि यस्ता नेपाली साइटहरु इन्टरनेटमा उपलब्ध नभएकाले नेपाल न्यूजले अन्य ७ प्रतिष्ठित नेपाली प्रकाशनहरुलाई इन्टरनेटमा राख्न पाउने सम्झौता ग¥यो । कान्तिपुर पब्लिकेशन, गोरखापत्र संस्थान, कामना प्रकाशन लगायत अन्य कतिपय साप्ताहिक र मासिक प्रकाशनहरुलाई नेपालन्यूज मार्फत् प्रकाशित गर्न थालियो । जसबाट यसको लोकप्रियता झनै बढ्यो । नेपाल न्यूजले देशका प्रमुख २२ भन्दा बढी प्रकाशन संस्थाहरुको समाचार समाग्रीहरु, नेपाल टेलिभिजनको नेपाली तथा अङ्ग्रेजी समाचार, ‘दिशानिर्देश’ कार्यक्रम, दोहोरी लोकगीतको कार्यक्रम, लोक दोहोरी, बीबीसी नेपाली सेवा जस्ता सेवाहरु एकै ठाउँमा उपलब्ध गराएबाट यो साइट समाचारको दृष्टिकोणबाट बढी विविधतापूर्ण रहेको छ ।
यसको साथै समाचार पोर्टलमा नभई नहुने मत सर्भेक्षण, अनलाइन कुराकानी, मौसमसम्बन्धी जानकारीहरु, मुद्राको दरभाउ, क्यालेण्डर, विभिन्न महत्वपूर्ण अवसरहरुका फोटोहरुको ग्यालरी, अखबारहरुका पुराना अङ्कहरुको आर्काइभ, तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय महत्वका विभिन्न विषयहरु आदिका बारेमा दिइएका जानकारीहरुका कारणबाट यो साइट नेपालको सबैभन्दा बढी प्रतिदिन स्वदेश तथा विदेश गरी पचास हजारको हाराहारीमा भिजिट हुने साइट बन्न पुगेको छ । यो संख्या नेपालका रास्ट्रिय स्तरका अखवारहरु मध्ये कान्तिपुर पछिको हो भन्ने अनुमान गरिन्छ । तर यसका अधिकाशं भिजिटरहरु भने देश बाहिरकै छन् ।
छुट्टै प्रिन्ट मिडिया तथा व्रोडकास्टिङ माध्यम नभएको र संपूर्ण काम अनलाइन मार्फत गर्ने नेपालन्यूज मात्र एउटा संस्था हो जहाँ प्राविधिक र न्यूजमा गरि १० जना कर्मचारीहरु रहेका छन् ।
प्रमुख समाचार साइटहरुको नाम सम्बन्धित संस्था
www.nepalnews.com मर्कन्टाइल प्रा.लि.
www.newsofnepal.com कामना पब्लिकेशन
www.kantipuronline.com कान्तिपुर पब्लिकेशन
www.himalmedia.com हिमाल मिडिया
www.spacetimeonline.com स्पेसटाइम पब्लिकेशन
www.gorkhapatra.org.np गोरखापत्र सस्थान
www.thehimalyantimes.com इन्टरनेशनलमिडिया नेटवर्क
प्रतिदिन २५ हजारको हाराहारीमा भिजिटर संख्या भएको र सन 2000 मा स्थापना भएको कान्तिपुर पब्लिकेशनको ‘कान्तिपुर अनलाइन’ नेपाल न्युजको प्रतिस्पर्धामा देखिएको छ । यसले ताजा खबरहरुका साथसाथै विभिन्न फिचरहरु, विश्लेषण विज्ञका विचारहरु तथा विभिन्न साइटहरुको लिंक प्रदान गरेको छ । अधिकाशं समाचार सामग्रीहरु पब्लिकेशन्सका संवाददाताहरु बाट लिइने गरिएको छ भने Technical Support र uploading को लागि ४ जना कर्मचारी कार्यरत रहेका छन् । यसका पनि अधिकाशं भिजिटरहरु विदेशमा रहेका नेपालीहरुनै हुन् । स्थापना, स्तर र भिजिटर सङ्ख्याका आधारमा तेस्रो स्थानमा रहेका हुन्– गोरखापत्र डट ओआरजी, स्पेसटाइम अनलाइन, द हिमालयन टाइम्स डट कम । यिनीहरुले आफ्नो प्रकाशनमा प्रकाशित समाचारहरु नै इन्टरनेट साइटमा राख्दै आएको देखिन्छ । नेपालको अर्को पुरानो प्रकाशनगृह कामना प्रकाशनले पहिलो पटक नेपाली भाषामै इन्टरनेट अंक newsofnepal.com प्रकाशित गरेको छ । नेपाली भाषामा भएकोले यसलाइ नेपाली भाषी लाइै केन्द्रित गरेको पाइन्छ यद्यपी सबै ठाउँमा फन्ट र युनिकोड उपलव्ध नभएकोले यसमा केही समस्याहरु देखिएका छन् । दैनिक अखबारमध्ये राजधानी अहिलेसम्म इन्टरनेटमा आएको छैन ।
साप्ताहिकमा पनि धेरै जसो इन्टरनेटमा आइसकेका छन् । देशान्तर, दृस्टि, गतिबिधि जनआस्था, बिमर्श, जनधारणा, नेपाली टाइम्स, नेपाल ट्राभल ट्रेड, निष्पक्ष, स्पटलाइट, टेलिगा्रफ, सत्याग्रह, युगसंवाद, इन्डिपेन्डेन्ट लगायतका साप्ताहिक अखबारहरु अनलाइन भैसकेका छन भने पाक्षिक तथा मासिकहरु मध्ये अप्सरा, हिमाल, नेपाल, कामना, मुग्लान, सर्वोतम, साधना, युवामञ्च, वेभ लगायतका पत्रिकाहरुले इन्टरनेटमा आफ्नो उपस्थिति देखाएका छन् ।
युनिकोड एउटा फड्को ः मदन पुरस्कार पुस्तकालयका अम्बर गुरुङ र उनको टिमले लामो प्रयास पछि बनाएको एकिकृत फन्ट यानेकी युनिकोडको मद्दतले नेपाली भाषामै बिभिन्न साइटहरु खोल्न सकिने भएको छ । जस्तो अहिले प्रसिद्ध सर्च इन्जिन साइट गुगल नेपाली भाषामानै हेर्न सकिन्छ भने चाइना रेडियो इन्टरनेशनल को नेपाली सेवाको साइट स्थापनाको २७ बर्ष पछि नेपाली भाषामा हेर्न सकिने भएको छ । यसले गर्दा नेपालीहरुले आफ्नै भाषामा समाचार पढ्न र कम्प्युटर चलाउन सक्ने भएको छ जुन नेपाली भाषाको अनलाइन पत्रकारिताको लागि एउटा ठूलो फड्को हो ।
यस्तै नेपालको अर्को महत्वपूर्ण प्रकाशन संस्था हिमाल मिडियाले पनि आफ्ना सबै प्रकाशनहरु इन्टरनेटमा उपलब्ध गराएको छ । रेडियो नेपाल, रेडियो सगरमाथा, हिट्स एफएम, कान्तिपुर एफएम, एचबीसी जस्ता रेडियो स्टेशनहरुले पनि उनीहरुका केही कार्यक्रमहरु र समाचार बुलेटिनहरु इन्टरनेटबाट सुन्न सक्ने बताएका छन् जसका लागि उनीहरुका सम्बन्धित साइटमा जानु पर्दछ ।
यसरी नेपाली मिडियाहरु इन्टरनेटमा बिस्तारित हुनुले खासगरी नेपालसम्बन्धी चासो लिने विदेशीहरु र विदेशमा बसोबास गरेका नेपालीहरु बढी लाभान्वित भएका छन् । त्यस्तै नेपालमै पनि कार्य व्यस्तताले गर्दा समयमा समाचार पढ्न र सुन्न नपाएका कतिपय पाठकहरुले इन्टरनेटको माध्यमबाट समाचारहरु पढ्न र सुन्न सक्दछन् । इन्टरनेटमा पुराना अङ्कहरुका आकाईभ राख्न सकिने भएबाट यसको महत्व अझ बढ्ता छ ।
इन्रनेटमा उपस्थिति जनाउनु मात्र ठूलो कुरा हैन त्यसलाई हरेक दिन अपडेट गर्नु अनिवार्य हुन्छ । नेपाली मिडियाहरु इन्टरनेटमा नियमित अपडेट नभएको गुनासो पनि बेला बेलामा सुनिँदै आएको छ । केही साइटहरुबाहेक धेरैजसोमा यस्ता अपडेटहरु समयमा हुने गरेका देखिँदैनन् । जसले पाठकलाई बेलाबेलामा मर्का परिरहेको छ र ती साइटहरुको विश्वसनीयतामा कमी आएको छ ।
अनलाइन पत्रकार (Online Journalist)
परम्परागत पत्रकार र अनलाइन पत्रकारमा विशेष फरकपना देखिएको छ । परम्परागत पत्रकारमा खासै कम्प्युटरको ज्ञान नभए पनि विषयवस्तुको जानकारी र लेखनकार्यमा निपुण भए पुुग्दथ्यो तर आधुनिक अनलाइन पत्रकारले कम्प्युटर सम्बन्धी विशेष ज्ञान हासिल गरेको हुनुपर्छ । वास्तवमा एउटा सशक्त समाचार साइटको लागि एकजना इ–पत्रकारले वेभ डिजाइनिङ्ग सम्बन्धी ज्ञानका साथै प्रारम्भिक एचटिएमएल कोडहरु, ड्रिमुभर, फ्ल्यास र फोटोशपजस्ता सफ्टवेरयहरु साथै नेटस्केप, इन्टरनेट एक्सप्लोरर जस्ता ब्राउजरहरुको बारेमा थाहा पाउनु जरुरी छ । यसका अलावा इमेलका सफ्टवेयहरु नेटस्केप म्यासेन्जर, आउटलुक, मोजिला, युडोरा आदिका बारेमा पनि राम्रो ज्ञान भएमा बढी उपयोगी हुन्छ ।
अर्को महत्वपूर्ण कुरा समाचार फाइलहरु अपलोड गर्ने ँत्ए सफटवेरहरु लगायत इन्टरनेट कनेक्सन स्पीड आदिको राम्रो ज्ञान भएमा उसले आफूले चाहेको बेला समाचार सामग्रीहरु अपलोड सक्दछ ।
अहिले डिजिटल फोटोग्राफीको जमाना भएकाले यसमा दखल राख्नै पर्दछ । फोटोसपमा राम्ररी खेःल्न सके उसले आफूले चाहेको जस्तो डिजाइन बनाउन सक्दछ । वास्तवमा फोटोसप एउटा विशाल फोटो स्टुडियो हो जहाँबाट आफूले चाहे बमोजिमको फोटो बनाउन सकिन्छ र आफ्नो समाचार साइटलाई कलात्मक एवं आकर्षक बनाउन सकिन्छ ।
अनलाइन पत्रकारिताको राम्रो अभ्यास गत इराक युद्धमा देखियो । कैयन् अमेरिकी, युरोपेली अथवा अन्य विभिन्न देशका युद्धसम्बन्धी प्रत्यक्ष रिपोर्टिङ्गमा संलग्न पत्रकारहरुले यस्तो अभ्यास गरेका थिए ।
केही मुद्दाहरु (Some Issues)
बेलाबेलामा अनलाइन प्रकाशनहरुले उठाउने गरेका इस्युहरुले पनि ठूलठूला चर्चा पाउने गरेका छन् । खासगरी भारतीय अनलाइन प्रकाशन तहल्का डट कमले उठाएको भ्रष्टाचार सम्बन्धी रिपोर्ट, यसको उदाहरणको रुपमा लिन सकिन्छ । हाम्रै राजदरबार हत्याकाण्डको सूचनाहरु पनि नेपाली आमसंचार माध्यममा आउन नसकिरहेको बेला नेपालीपोष्ट डटकम (जो अमेरिका बाट संञ्चालित छ) लगायत अन्य अनलाइन प्रकाशनहरुमा आइसकेको थियो । सेप्टेम्बर ११ को आक्रमणका धेरैजसो दृश्यहरु लगायतका सामग्रीहरु पनि अनलाइन माध्यमहरुबाट बढी से बढी प्रकाशित भएका थिए । यी सामग्रीहरु प्रकाशित गर्ने ती साइटहरु लाखौँपटक भिजिट भएका थिए । यस्तै सन् २००२ को विश्वकप फूटबलले पनि अनलाइन संस्करणको एउटा रेकर्ड बनाएको थियो । कोरिया र जापानमा भएका फूटवलका प्रतियोगितासम्बन्धी अफिसियल जानकारी अपडेट गर्ने फिफाको साइट ४५ करोडभन्दा बढी पटक भिजिट भएको थियो । क्रिकेटका विभिन्न म्याचहरु, विभिन्न शैक्षिक जानकारी र समाचार साइटहरुको भिजिटर संख्या (Counter) हेर्दा ठूल ठूला अखवारका Circulation संख्यालाई उछिनिसकेको हामी पाउदछौ । यी तथ्यहरुल के देखाउँछ त भन्दा अबको अनलाइन मिडियाले पत्रकारिता क्षेत्रमा आमूल परिवर्तनहरु ल्याइरहेको छ ।
सुचना प्रबिधिको भुमिका (Role of Information Technology)
आज हामी यो संपूर्ण संसारनै एउटा गाउमा परिणत भएको सजिलै स्विकार गर्दछौ । तर न्यु मिडियाको यो चमत्कारिक विकासले त संपूर्ण विश्वलाइ एउटा गाउँमा मात्र होइन एउटा घरको कोठामानै सिमित तुल्याइदिएको छ । हुन पनि आज कुनै पनि भौगौलिक सीमाना निस्प्रभाबी भएको छ । इराकमा भएको युद्ध होस वा अफगानीस्तानमा भएको अमेरिकी आक्रमण, सेप्टेम्बर एघारको घटना होस वा नासाका वैज्ञानिक परिक्षणहरु हामी आफनो घरमा बसेर हेर्न सक्ने भएका छौ। जापानमा करोडौ प्रति बिक्री हुने आसाही सिम्बुन र योमरी सिम्बुन जस्ता विश्व विख्यात अखबारहरु जापानका दर्जनौ स्थानहरुबाट एकैसाथ प्रकाशित हुन्छन । प्रबिधिको यो चमत्कारिक बिकासकै फलस्वरुप हाम्रै देशका नेपाल समाचारपत्र र कान्तिपुर दैनिक काठमाण्डौ र बिराटनगर बाट एकैसाथ प्रकासित हुन्छन् । पत्रकार आङछरिङ शेर्पाले थुराया कम्युनिकेशनको स्याटलाइट फोनकोे माध्यम बाट सगरमाथाको टुप्पोबाट समाचार पठाएको सफल र नौलो प्रयोगले यस क्षेत्रमा नया आयाम थपेको छ। यस्तै नेपालमा नै पहिलो पटक हिमाल न्यूज डट कमले भिडियो सर्भिस शुरु गर्दैछ । नेपालमा प्रधानमन्त्री सूर्य बहादुुर थापाले राजिनामा दिइसक्न भ्याएका हुदैनन् वाशिंटन र लण्डनमा रहेका सिएनएन र बीबीसीका सर्भरहरुमा समाचार अपलोड भैसकेको हुन्छ भने रोयटर्स का नेपाल संवाददता बैकुण्ठ मास्के आन्दोलनका भिडियो फाइलहरु केही मिनेटमा नै सिगांपुर स्थित रिजनल अफिसमा पठाइ त्यसलाइ विश्वव्यापी बनाउछन् । यसरी आज पुरा विश्वनै Virtual Nerwork मा परिणत भएको छ।
ह्जारौ शब्दहरुले व्याख्या गर्न नसक्ने तस्वीरको उत्पादन, प्रसारण र प्रकाशनमा पनि प्रविधिको प्रयोगले ठूलो फड्को मारेको छ । अत्याधुनिक डिजिटल फोटोग्राफीको मद्दतले कनै पनि तस्विर लिएको केहि मिनेटमै विश्वका कुना कुना बाट त्यसलाइ हेर्न सकिन्छ । अहिलेको डिजिटल फोटो प्रबिधिको विकासले अध्यारो कुनामा बसेर केमिकलको माध्यमबाट फोटो धुने झन्झटिया काम अब बिस्थापित भैसकेको छ ।
इन्टरनेट वास्तवमा सुचना र ज्ञानको भण्डार (Store of Informations) को रुपमा विकास भएको छ। यो विशाल भण्डारमा साचैं भन्ने हो भने नपाइने चीज केही पनि छैन । यसले जुनसुकै पेशा व्यवशाय का मानिसहरुलाइ पनि संसारभरि के कस्ता परिवर्तनहरु भइरहेका छन भन्ने थाहा पाउन सजिलो भएको छ। पत्रकारीता पेशा हुनेहरुका लागि त झन यो वरदाननै सावित भएको छ ।
डिजिटल डिभाइड (Digital Divide)
तर विडम्बना हामीले जतिसुुकै ठूला कुरा गरे पनि नेपालको सन्दर्धमा यी सविधाहरु अधिकाश तल्लो स्तरका जनता सम्म पग्न सकेको छैन । धनी र गरिब वीचको खाडल व्यापक रुपमा बढीरहेको छ । यसले नागरिक हरुको सुचना प्रविधि प्रतिको पहुचमा पनि व्यापक प्रभाव परीरहेको छ । धनी र सुविधा संपन्न व्यतिmहरुनै यसको उपभोग कर्ताको रुपमा रहेका छन् भने अधिकाशं गाउंघरमा बसोबास भएका गरिब जनताहरुले यसको प्रयोग त के देख्न सम्म पाएका छैनन् । नेपालको अहिलेको स्थिति लाइ लिने हो भने कम्प्युटर हुने खानेहरु र नहुने बिचको स्तर निर्धारण गर्ने वस्तु भएको छ । एकातिर अहिलेको सूचना प्रविधिको जमानामा यसप्रति व्यापक चासो बढेको भए पनि कम्प्युटर र इन्टरनेटको पहुँच ज्यादै कम नेपालीहरुमा मात्र छ । खासगरी सम्पन्न र सहरी सभ्रान्त परिवारका मानिसहरुले मात्र इन्टरनेट प्रयोग गर्ने क्षमता राख्दछन् । गाउँघरका मानिसहरुलाइ न त यससम्बन्धी पूर्वाधार छन् न त ज्ञान नै छ । यति हुँदाहुँदै पनि अहिलेको विश्वाव्यापी बनेको सूचना प्रविधि र ग्लोबल भिलेजको अवधारणाले यसको प्रयोग सबैले गर्नैपर्ने परिस्थिति सिर्जना हुँदै आएको छ ।
साइबर नीति (Cyber Policy)
भौगोलिक रुपमा अत्यन्त बिकट हाम्रो मुलुकमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्न सके यसबाट ठूलो फाइदा लिन सकिन्छ । यातायातको कठिनाइ भएका ठाउँहरुमा यसको सुबिधा पुर्याउन सके र यसको नेटवर्क विस्तार गर्न सके त्यँहाका जनताले पनि यसबाट बिभिन्न सुबिधाहरु लिन सक्दछन । यद्यपी यस तर्र्फ खास काम भएको पाइदैन । विकसित देशहरुमा विद्युतिय कारोवार अर्थात्् इ कारोवारको कारण घरबाटनै धेरै कुराहरु गर्न संभव भएको छ । आफुलाई चाहिएको जानकारीहरु लिने, किनमेल गर्ने, विलहरु तिर्ने, अध्ययन गर्ने लगायतका कामहरु यस प्रविधिका माध्यमबाट गर्न सकिएको हामी बारंबार पढ्दछौ ।
तर नेपालमा यस्तो किसिमको कारोबार गर्न सकिएको छैन । नेपाल राष्ट्र बैकले यस्तो कारोबारलाई मान्यता दिएको छैन भने यसका लागि बिभिन्न पूर्वाधारहरुको कमीले पनि यसो हून आएको हो ।
यति हूदाँ हूदै पनि यसको महत्वलाइ विस्तारै बूझेर सूचना प्रविधि संवन्धि नीतिहरु पनि डा«फ्ट भएका छन् । खासगरि २०५७ सालमा नेपाललाइ सुचना प्रविधिको विश्व मानचित्रमा पुर्याउने लक्ष्यका साथ (Information Technology Policy) आयो जसमा सर्वसाधारण सम्म यसको पहुच पुर्याउने तथा ज्ञानमा आधारित उद्योगहरुको स्थापना गर्ने लक्ष्य लिइएको थियो । यसै अन्तरगत बनेपामा आइटी पार्कको निर्माण काम शुरु गरिएको छ।
(Information Technology Policy 2000) को लक्ष्य परिपूर्तिको खातिर विद्युतिय कारोवार संचालनको व्यवस्था गर्न वनेको विधेयक आएको छ । विद्युतीय तथ्यांक आदान–प्रदानको माध्यमबाट वा अन्य कुनै विद्युतीय संचार माध्यमबाट हुने कारोवारलाई भरपर्दो र सुरक्षित बनाई विद्युतीय अभिलेखको सिर्जना, उत्पादन, प्रशोधन, संचय, प्रवाह तथा सम्पे्रषण प्रणालीको मान्यता, सत्यता, अखण्डता तथा विश्वशनीयतालाई प्रमाणिकरण एवं नियमित गर्न, व्यवस्था गर्न र विद्युतीय अभिलेखलाई अनाधिकृत तवरबाट प्रयोग गर्न वा त्यस्ता अभिलेखमा गैर कानूनी तवरबाट परिवर्तन गर्ने कार्यलाई नियन्त्रण गरी सूचना प्रविधिलाई सरकार, सरकारी निकाय र व्यक्ति समेतको सरकारी, व्यावसायिक र व्यापारिक काम कारवाहीमा समेत अधिकतम प्रयोग गर्न गराउन वाञ्छनीय भएकोले यो विधेयक आएको हो ।