आफ्नै शिक्षण अस्पताल शुरु गर्ने काठमाडौ विश्वविद्यालयको घोषणा

प्रधानमन्त्री एवं काठमाडौ विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले काठमाडौ विश्वविद्यालयले सुरु गर्न लागेको शिक्षण अस्पताल सन्चालनका लागि शुभकामना दिएका छन । धुलिखेल अस्पताल र काठमाडौ बिश्वबिद्धालयबीच विवाद बढिरहेको बेला उनले काठमाडौ बिश्वबिद्धालयले आफै शिक्षण अस्पताल शुरू गर्न लागेको खुलासा गरेका हुन । उक्त खुलासालाई प्रधानमन्त्री समेत रहेका कुलपति पुस्पकमल दाहालले पुष्ठि गरेका छन । विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले कोप-२८ सम्मेलनमा नेपालका मुद्दालाई सशक्त रुपमा उठाइएको पनि बताएका छन । विश्वविद्यालयले जलवायु परिवर्तन र वातावरण विषय अध्यापन गराएर महत्त्वपूर्ण योगदान दिएको उनको भनाइ छ । 

विश्वविद्यालयको विज्ञता, अनुभव र सुझावको उनले खुलेर प्रसम्सा गरेका छ्न । प्रधानमन्त्री प्रचण्डले शिक्षा र रोजगारीको लागि बिदेशीनु नपर्ने पनि बताए । स्वदेशमै गुणस्तरीय शिक्षा र रोक्षाजगारको वातावरण बन्दै गएको भन्दै उनले स्वदेश फर्कन आग्रह गरेका छन् ।
उनले ब्यवहारिक, प्रबिधिमैश्री र मौलिक शिक्षामा जोड दिन समेत आग्रह गरेका छन् ।