पाँचखालमा `महिला उद्यमी हरित औद्योगिक पार्क´ शिलान्यास

प्रथम महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँचखाल नगरपालिका होक्से स्थित शिखरपुरमा दक्षिण एशियाली महिला विकास मञ्च र पाँचखाल नगरपालिकाद्वारा आयोजित प्रथम महिला उद्यमी हरित औधोगिक पार्कको शिल्यान्यास गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड लगायत अर्थमन्त्री डा. प्रकाशरण महत, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको छ ।