धुलिखेल–खावा सडक बारे प्रधानमन्त्री प्रचण्डः सरर जान पाइएला भनेको बाटो त...(भिडियो)

 

काभ्रे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धुलिखेल–खावा सडक बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन । पाँचखालमा देशकै पहिलो महिला उद्यमी हरित औद्योगिक पार्क शिलान्याश कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले छिटोभन्दा छिटो बाटो बनाउन पहल गर्ने बताएका हुन् । उनले यहाँबाट फर्केपछि निर्माण व्यवसायीलाई बोलाएर निर्माण व्यवसायीको केहि समस्या छ भने सम्बोधन गर्ने नत्र भने छिटो भन्दा छिटो बाटो बनाउनका लागि पहल गर्ने बताएका छन । उनले यो बाटो बनिसकेको आफुलाई सोचेको पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, म यहाँ आउँदै गर्दा बाटोमा धुलिखेलबाट मैल सोचेको थिएँ यो बाटो अब त बनिसक्यो होला,अब त सरर जान पाइएला भनेको बाटो त । बाटोभरी मैले ड्राइभरलाई पनि म सँग बस्ने सुरक्षा अधिकारीलाई पनि के भएको यो अहिले पनि उस्तै रहेछ भन्दै आएँ । यहाँ आउँदा अहिले ज्ञापनपत्र पनि देखेँ । यहाँबाट फर्केपछि निर्माण व्यवसायीलाई बोलाएर निर्माण व्यवसायीको केहि समस्या छ भने सम्बोधन गर्ने नत्र भने छिटो भन्दान छिटो यो बाटो बनाउनका लागि पहल गर्ने विश्वास म तपाइहरुलाई दिलाउन चाहन्छु ।

भिडियोः