रजबासमा निशुल्क स्वास्थ्य शिबिर

टेकबहादुर मगर
रोशी, काभ्रे

काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नम्वर ९ रजबासमा निशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको छ । दुई दिनसम्म चल्ने स्वास्थ्य शिबिर बुधबारबाट शुरु भएको हो । गाउँपालिका अध्यक्ष दिनेश लामाले शिविर समापनमा प्रमुख आतिथ्यता गर्नेछन् ।
ग्रेस नेपालको आयोजनामा रोशी गाउँपालिकाको समन्वय र काठमाडौ मेडिकल कलेज शिक्षण अस्पतालको प्राबिधिक सहयोगमा शिबिर आयोजना गरिएको हो । शिबिरमा सामान्य परिक्षण, प्रसुती तथा स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नशा रोग, नाक,कान, घाँटी रोग, आँखा परिक्षण तथा उपचार, दन्त रोग, इसिजी सेवा, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, शल्यक्रिया सर्जरी सेवा, ल्याब सेवा उपलब्ध छन् ।