कुशादेवीका दुई खेलाडी बने अन्तराष्ट्रिय च्याम्पियनसिप

कुशादेवी÷पनौती नगरपालिका वडा नम्बर २ बाट अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो च्याम्पियनसिप २०२३, पहिलो टिएचएफ एशिया अन्तराष्ट्रिय ओपन तेक्वान्दो च्याम्पियनसिप २०२३ र प्रथम दक्षिण एसियाली अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२३ कोलम्बो श्रीलंकामा भएको खेलमा कुशादेविका दुई खेलाडीले जित हासिल गरेका छन् ।

मसिंर १८ गते श्रीलंका प्रस्थान गरेका खेलाडीलाई उप प्रमुख गिता बञ्जारा, पुर्व नगर प्रमुख भिम न्यौपाने, वडा नम्बर २ का अध्यक्ष पुरुषोतम अधिकारी लगायतका स्थानीयले शुभकामनाका साथ अग्रिम बधाई दिदै विदाई गरेका थिए । कुशादेवीका कुशल हुमागाईं र विरेन्द्र हुमागाईले श्रीलंकामा भएको खेलमा विजेता बनेका वडा अध्यक्ष पुरुषोतम अधिकारीले बताए । खेलाडीले कुशादेवीको मात्रै नभई जिल्लाकै नाम राख्न सफल भएकोमा वडा अध्यक्ष अधिकारीले बधाई दिँदै आगामी दिनमा समेत उत्कृटता हासिल गर्न हौसला प्रदान गरेका थिए ।