बनेपामा शक्ति साकोस र बाल कुमारी कृषि सहकारी एकिकरण

वनेपा नगरपालिकाको नियमन क्षेत्र भित्रका दुई वटा सहकारी संस्थाहरु शक्ति वचत तथा ऋण सहकारी संस्था लिमिटेड र बाल कुमारी कृषि सहकारी संस्था लिमिटेड एक आपसमा एकिकरण भएका छन् ।
उक्त संस्थाहरु एकिरण पश्चात संस्था भित्र आन्तरिक अनुगमन तथा स्वमुल्यांकनका लागि नगरपालिकाले अघि सारेको SEKYYOS अवधारणा बमोजिम काम गर्ने गरी पेश भएको विनियम नगरले स्वीकृत गरेको छ । सहकारी संस्थाहरुको आन्तरिक अनुगमन तथा स्वः मूल्यांंकन गरी त्यसको नतिजा सार्वजनिक गर्ने व्यवस्था विनियममा नै गर्नेे र यसको आवश्यक कानूनी व्यवस्थाको तयारी गर्ने सहकारी शाखा प्रमुख दिनेश कुमार पोखरेलले वताए ।
वनेपा नगरपालिकाले सहकारी सस्थाहरुको पछिल्लो समयमा खस्किदो साखलाई जोगाउन तथा संस्था भित्र सुशासन, पारदर्शिता र सहकारी मूल्य, मान्यता र सिद्धान्त बमोजिम अघि वढाउन साथै वचत कर्ताहरुको वचत रकमको सुरक्षाको लागि आवश्यक कानून निर्माणको क्रमलाई अन्तिम रुप दिएको पोखरेलले बताए । नगरले नगर सहकारी नियमावली निर्माण र संस्थाहरुको आन्तरिक अनुगमन तथा स्व मूल्यांकन मापदण्ड पास हुन लागेको वताएको छ ।