एमाले अध्यक्ष केपी ओलीमाथि धनकुटामा आक्रमण प्रयास (भिडियो)

मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक युवाले आक्रमण प्रयास गरेका छन् । ओलीको स्वागतमा लाइनमा बसेकाहरुकोबीचबाट अघि बढेका लेगुवाका महेश राईले ओलीमाथी मुक्का प्रहार गर्ने प्रयास गरेको देखिएको छ ।
राईलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाले राईले मादक पदार्थ सेवन गरेको पाइएको बताएका छन । उनले पूर्वप्रधानमन्त्री ओलीलाई उनले छुन नपाएको बताए ।
भिडियो