पुर्वगृहमन्त्री एवं कांग्रेस नेता खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

by | मंसिर २८, २०८०

पुर्वगृहमन्त्री एवं कांग्रेस नेता खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

खाडलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी उच्च अदालतले धरौटीमा छाड्न आदेश गरेको हो ।

न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाडलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने भनी यसअघि नै जनक पाण्डेले व्यक्त गरेको रायलाई समर्थन गरेको छ । उनको यो रायसँगै जिल्ला अदालतको आदेश बदर भएको हो ।

यसअघि उच्च अदालतमा दुई न्यायाधीशहरुबीच राय बाझिएको थियो । न्यायाधीश जनक पाण्डेले खाँणलाई धरौटीमा छाड्नुपर्ने भनी राय दिएका थिए भने प्रकाश खरेलले थुनामा पठाउनुपर्ने राय व्यक्त गरेका थिए ।