पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अख्तियार लगियो

कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अख्तियारमा लगिएको छ। यसअघि उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा १५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए। विभागले छाडेलगत्तै उनलाई अख्तियारमा लगिएको हो। अदालतमा ३० लाख धरौटीमा छुटेलगत्तै उनलाई आजै विभागको पुल्चोकस्थित कार्यालयमा उपस्थित गराइएको थियो। नक्कली शरणार्थी प्रकरणमा जिल्ला अदालतको आदेशले पुर्पक्षमा थुनामा रहेका खाणलाई हिजो मात्र उच्च अदालतले ३० लाख धरौटीमा छाड्ने आदेश गरेको थियो। खाणले तत्कालै उक्त धरौटी बुझाएका थिए।