पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण रिहा
पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण रिहा भएका छन । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका क्रममा कारागारमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण छुटेका हुन् । उच्च अदालतले धरौटीमा छोड्ने आदेश दिएपछि शुक्रबार धरौटी बुझाएका खाणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पनि तारेखमा राखेपछि उनी कारागार मुक्त भएका भएका छन ।