आइजीपी रनिङ ट्रफीः आयोजक नेपाल पुलिस स्कुल साँगा सहित ८ टिम क्वाटरफाइनल प्रवेश

नेपाल पुलिस स्कुल साँगाको आयोजनामा जारी २९ औं अन्तर विद्यालय आइजिपी फुटबल रनिंग ट्रफि अन्तर्गत लिग चरणको खेलहरु सकिएका छन । लिगको समाप्ति सगैँ आयोजक नेपाल पुलिस स्कुल सागाँको दुवै टिम, नेपाल पुलिस स्कुल धरान, सैनिक महाविद्यालय, नेपाल एपिएफ स्कुल, बुडानिलकण्ठ स्कुल, ल्याबरोटरि स्कुल र काठमाण्डौ विश्वविद्यालय हाई स्कुल क्वाटरफाइनल प्रवेश गरेका छन ।
समुह ‘ए’ बाट ४ खेलमा सतप्रतिशत जित सहित नेपाल पुलिस स्कुल धरान समुह बिजेता बन्दै नक–आउट चरणमा प्रवेश गरेको छ । यहि समुहको उपबिजेताको रुपमा बुडानिलकण्ठ स्कुलले प्लेअफमा स्थान सुरक्षित गरेको छ ।
समुह ‘बि’ बाट नेपाल पुलिस स्कुल सागाँ ‘ए’ ३ खेलमा सतप्रतिशत जित सहित समुह विजेता भई अन्तिम ८ मा पुगेको छ भने यहि समुहबाट काठमाण्डौ विश्वविद्यालय हाई स्कुल १ जित र १ बाई सहित उपबिजेताको रुपमा अगाडी बढेको छ ।
समुह ‘सि’ बाट ल्याबरोटरि स्कुल र नेपाल पुलिस स्कुल सागाँ ‘बि’ क्रमसः विजेता र उपविजेताको रुपमा नक–आउट चरणमा पुगेका छन ।
त्यस्तै, समुह ‘डि’ बाट ३ स्पस्ट जित सहित सैनिक आवासिय महाविद्यालय र २ जित सहित नेपाल एपिएफ स्कुल नक–आउट चरणमा पुगेको छ ।
क्वाटरफाइनल खेल आइतबार र सोमबार हुनेछन । आइतबारको पहिलो खेलमा नेपाल पुलिस स्कुल धरान र काठमाण्डौ विश्वविद्यालय हाई स्कुल आमने सामने हुनेछन । दोस्रो खेलमा आयोजक नेपाल पुलिस स्कुल सागाँ ‘ए’ ले बुडानिलकण्ठ स्कुलको सामना गर्नेछ । त्यस्तै सोमबारको पहिलो खेल ल्याबरोटरि स्कुल र नेपाल एपिएफ स्कुल बिच र दोस्रो खेल नेपाल पुलिस स्कुल सागाँ ‘बि’र सैनिक आवसिय महाविधालय बिच हुनेछ ।
मंसिर २० गतेदेखि सुरु भएको प्रतियोगिता समापन पुस ६ गते नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा हुनेछ । १६ विद्यालयका १७ टिम सम्मिलित प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमस ५० हजार, ४० हजार र ३० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन्। यसका साथै व्यतिगत विधातर्फ उत्कृष्ट खेलाडीहरुलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।पहिलो हप्तासम्म चल्ने छ ।

लिग चरणको खेलको समाप्तिमा अंक तालिका एस्तो रहेको छ ।