प्रतिलिटर ३ रुपैयाँले घट्यो पेट्रोल र डिजेलको मूल्य
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
निगमले शुक्रवार साँझ एक विज्ञप्ति जारी गर्दै इन्धनको मूल्य घटाएको जानकारी दिएको हो ।निगमले पेट्रोल र डिजेलमा लिटरको करिब ३ रुपैयाँ मूल्य घटाएको जनाएको छ । जसअनुसार पेट्रोल र डिजेलको मूल्यमा क्रमशः प्रतिलिटर ३.०७ र ३.१६ रुपैयाँले घटेको छ ।
यस्तै मट्टीतेलको मूल्य पनि प्रतिलिटर ३ रुपैयाँले घटेको छ ।
यो नियम शनिवार बिहानदेखि लागू हुने निगमले जनाएको छ ।