‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन हुँदै

नेपाली कांग्रेसले आगामी पुस १६ देखि माघ १६ गतेसम्म वडा तहका पार्टी प्रतिनिधि परिचालन गरी ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले ‘समुदायमा कांग्रेस’ अभियानका लागि केन्द्रीय कार्यसमितिबाट ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा भएको बैठकले आगमी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन नेपालको संविधानबमोजिम कांग्रेसलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय पनि गरेको छ ।