चिसोका कारण ३४ जना भुकम्पपीडितको ज्यान गयो

चिसोका कारण ३४ जना भुकम्पपीडितको ज्यान गएको छ । जाजरकोटका २९ र रुकुमपश्चिमका ५ जनाको चिसोका कारण ज्यान गएको हो । जाजरकोटको बारेकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर गत कात्तिक १७ मध्यरातमा गएको भूकम्पपछि खुला आकाशमुनि रात बिताउन बाध्य छन । ज्यान गुमाउनेम १ महिने शिशुदेखि ८९ वर्षीया वृद्धासमेत छिन् ।

चिसोका कारण भूकम्पपीडित धमाधम बिरामी पर्न थालेपछि मृत्यु हुनेको संख्या बढिरहेको छेडागाडस्थित आधारभूत अस्पतालका डा.प्रिय शाहीले बताए । चिसोका कारण दैनिक १ सय जति उपचार गर्न आउने गरेको उनले जानकारी दिएका छन । अस्पताल आउनेमा झन्डै ६० प्रतिशत बालबालिका छन ।