नेपालमा सुरक्षित गर्भपतन सेवा

सन्दीप के.सी.
गर्भपतन एक विशेष अवस्था हो तर हाल यसलाई सर्वशुलभ रुपमा उपलब्ध हुने ब्यवस्था गरिने नीति लिएको पाईन्छ। महिला अधिकारसंग जोडेर कुनै पनि महिलाले स्वइच्छाले निस्चित समयसम्मको गर्भपतन गर्न पाउने ब्यवस्था बिभिन्न नीतिहरुमा स्पष्ट उल्लेख गरेको पाइन्छ।नेपालमा सन् २००२ देखि गर्भपतनले कानूनी मान्यता पाएसंगै गर्भपतन सेवा सन् २००४ देखि सुरु भएको देखिन्छ। सकारात्मक पक्षबाट हेर्दा गर्भपतनले कानुनी मान्यता पाएसँगै मातृ मृत्युदरमा समेत कमी आएको पाइएको छ। कानुनी मान्यता पछि गर्भपतन सेवा सहज र तालिमप्राप्त जनशक्तिबाट सेवा उपलक्ध भएपछि यसबाट हुने गम्भीर प्रकृतिका समस्याहरुमा पनि कमी आएको देखिन्छ।
“गर्भपतनले प्रजनन् स्वास्थ्यमा प्रभाव पार्ने मात्र हैन सामाजिक असर पनि त्यतिकै हुन्छ। गर्भपतन गराउनु भन्दा परिवार नियोजनका साधन उपयोग गरेर गर्भवती नै नहुनु बुद्धिमानी हो ।आकस्मिक अवस्थामा पनि परिवार नियोजनका साधनहरु उपयोग गर्न सकिन्छ।”
कानुनी मान्यता अनुसार जटिल अवस्थामा वा बाध्यकारी अवस्थामा गर्भ रहेमा गर्भपतन गर्न सकिने व्यवस्था गरिएको हो । यसमा महिलाको गोपनियताको हक समेतलाई मध्यनजर गरी सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउनु पर्ने तथा कानुनले तोके बमोजिमको अवस्थामा सेवा उपलब्ध गरिने व्यवस्था छ। हाल कानुन बमोजिमका तीकिएका अवधिका लागि सरकारी स्वास्थ्य सेवा केन्द्रहरु तथा केही गैरसरकारी स्वास्थ्य संस्थाहरुकाट पनि गर्भपतन सेवा उपलब्ध भै रहेको देखिन्छ ।कानुनीरुपमा गर्भपतन सेवा उपलब्ध गराउन सुचिकृत भएको संस्था र त्याहा सेवा दिने तालिम प्राप्त स्वास्थ्यकर्मी सुचिकृत हुनु पर्ने ब्यवस्था छ । हाल पछिल्लो समयमा यस्ता संस्थाहरुलाई तथा तालिम प्राप्त ब्यक्तिहरुको सुचिकृत गर्ने अधिकार तथा जिम्मेवारी स्थानिय तहलाई दिइएको छ।
हाल नेपालमा उपलब्ध भएको एम ए पद्दतीमा ९ हप्ता अर्थात ६३ दिन सम्मको गर्भपतन गराउन सकिन्छ । प्रयोग भएको औषधी प्राबिधिक जटिलता बिना नै घरमाबसेर प्रयोग गर्न सकिने भएकोले सहज मानिन्छ। यसको जटिलताहरु पनि एकदम कम रहेको छ। मुखबाट एक मात्रा शेवन गरेको २४ देखि घण्टामा अर्कोमात्रा औषधी योनिमार्गमा वा जिब्रो मुनी राख्नु पर्ने र सहजै गर्भपतन हुने भएकोले प्रयोगकर्ता बढिरहेको देखिन्छ ।
नेपालका सुचिकृत स्वास्थ्य संस्थाहरुमा प्रयोग गरिएका औषधि करिब ९६ प्रतिशत प्रभाकारी छन् ।यसका केही सामान्य असरहरुमाहल्का वाकवाकी लाग्ने,टाउको दुख्ने, ज्वरो आए जस्तो हुनेतथापखाला लाग्नेहुन सक्छ । यस्तो असरहरु केही दिनमा आफै ठिक हुन्छ।सुचिकृत गरिएका ब्यक्तिहरुबाट सुचिकृत संस्थामा मेडिकल एर्बोसन गरेमा प्रायःगम्भिर असरहरु देखिदैन।औषधिको सेवन गरिसकेपछि रक्तश्राव सबैलाई हुन्छ । मेडिकल एर्बोसनमा गर्भपतन पुर्णरुपले भयो वा भएन भनि एकीन गर्नु जरुरी हुन्छ। रक्तश्राव हुँदैमा पुर्णरुपमा गर्भपतन नभएको हुन सक्छ।यसको लागि भिडियो एक्स रे गरेर सुनिश्चित गर्नु राम्रो हुन्छ।
सुरक्षित यौनब्यवहार गर्न सकेमा गर्भपतन गराउनु पर्ने बाध्यत्मक अवस्थाबाट बच्न सकिन्छ ।गर्भपतन गर्ने तरिका चाहे त्यो औषधि द्वारा वा एमभिए दुवै सुरक्षित भएपनि गर्भपतन अन्तिम बिकल्प मात्र हो ।गर्भपतनले प्रजनन् स्वास्थ्यमा प्रभाव पार्ने मात्र हैन सामाजिक असर पनि त्यतिकै हुन्छ। गर्भपतन गराउनु भन्दा परिवार नियोजनका साधन उपयोग गरेर गर्भवती नै नहुनु बुद्धिमानी हो ।आकस्मिक अवस्थामा पनि परिवार नियोजनका साधनहरु उपयोग गर्न सकिन्छ। आफुलाईराम्रो र प्रभावकारी उपयुक्त हुने साधनका बारेमा स्वास्थ्यकर्मीसँग सल्लाह लिएर छनोट गर्नु राम्रो हुन्छ । सन्तानको रहर पुगी सकेको दम्पतीले स्थायी बन्धयाकरण वा लामो समय काम गर्ने परिवार नियोजनका साधन उपयोग गर्नु उचित हुन्छ ।
(लेखक धुलिखेल नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख हुनुहुन्छ ।)