पल शाहलाई सफाइ दिने उच्च अदालतको फैसला कार्यान्वयन नहुने

काठमाडौं/ उच्च अदालत पोखराले नायक पल शाहको मुद्दामा गरेको फैसला कार्यान्वयन नहुने भएको छ। पलको फैसला दोहोर्‍याउन सर्वोच्च अदालतले निस्सा प्रदान गरेपछि उच्च अदालत पोखराले गरेको फैसला कार्यान्वयन नहुने भएको हो।

सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले विगतको फैसला लागु नर्गन आदेश जारी गरेको हो। सरकारी वकिलले फैसला चित्त नबुझेको भन्दै पलको मुद्दामा निस्सा मागेका थिए।

अब उच्च अदालत पोखराको फैसला सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने भएको छ। उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पल शाहलाई सफाइ दिएको थियो।

उच्च अदालतका न्यायाधीशले पल शाहको मुद्दामा प्रमाणको मुल्यांकन राम्रोसँग नगरेको, कानुनहरूको व्याख्या त्रुटीपूर्ण तरिकाले गरेको र नाबालिग बलात्कारका मुद्दामा सर्वोच्च अदालते प्रतिपादन गरेका सिद्धान्तको प्रतिकुल हुने गरी सफाइ दिएको भन्दै सर्वोच्चले दोहोर्‍याएर हेर्ने भएको हो।