अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–पाँचखाल सडकखण्डमा दैनिक दुर्घटना
काभ्रे । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–पाँचखाल सडकखण्डमा दैनिक दुर्घटना हुन थालेको छ । पछिल्लो तीन दिनमा उक्त सडकमा १ जनाले ज्यान गुमाएका छन भने २ जना घाइते भएका छन । विहिबार पाँचखाल नगरपालिका–६ हनुमानगढीमा सडक दुर्घटनामा परी पनौती नगरपालिका वडा नम्बर १२ का रुपक खत्रीको ज्यान गएको हो । खावाबाट पाँचखालतर्फ जाँदै गरेको बा ८७ प ६४१ नम्बरको मोटरसाइकलले बसलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई विपरित दिशाबाट आउँदै गरेको डिब्बा गाडीमा ठक्कर खाँदा मोटरसाइकल चालक खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसको भोलीपल्ट शुक्रबार मंसिर २९ गते उक्त सडकखण्ड अन्तर्गत धुलिखेल नगरपालिका वडा नम्बर ८ स्थित जिपलाइन नजिकै खावातर्फ जाँदै गरेको लु ६५ प ३९७५ नम्बरको मोटरसाइकललाई सोहि दिशातर्फ जाँदै गरेको ना ३ ख ७६७९ नम्बरको टेलर गाडीले पछाडीबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन । मोटरसाइकल चालक काठमाडौं वौद्ध बस्ने ब्यास कार्की र मोटरसाइकल पछाी सवार कार्कीको छोरी सिर्जना घाइते भएका हुन । सडकदुर्घटको हुनेक्रम आज तेस्रो दिनपनि रोकिएन । आज विहान उक्त सडकखण्डमा टिपर दुर्घटना भएको छ ।
निर्माणाधिन धुलिखेल–खावा सडक जोखिमपुर्ण बनेको छ । समयमै निर्माण नसकिँदा दुर्घटनाको जोखिम बढेको हो । यसअघि पाँचखालमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माण कार्य छिटो अगाडी बढाउन पहल गर्ने बताएका थिए । तर अहिलेसम्म सार्थकता पाउन सकेको छैन ।