राप्रपा नेता राजेन्द्र लिंङ्गेदन र ज्ञानेन्द्र शाही बनेपाको आँखा अस्पतालमा

– नानी प्रत्यारोपण शुरु, आँखा दान गर्न आब्हान
बनेपा । उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा रहेको रेयुकाई मासुनागा आँखा अस्पताल बनेपामा शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेन र सोहि पार्टीका नेता ज्ञानेन्द्रबहादुर शाहिले सेवा लिएका छन् ।
तत्कालिन प्रधानमन्त्री शुशिल कोईरालाले आँखाको अप्रेसन गराएको उक्त अस्पतालमा नागरिकहरुको विश्वास बढिरहेको छ । सोहि क्रममा गुणस्तरीय सेवा प्रदान गरिरहेको अस्पताल रेयुकाई आँखा अस्पतालमा राप्रपाका नेताहरुले सेवा लिएका हुन् । अस्पतालले प्रदान गरेको सेवा सन्तोषजनक रहेको उनिहरुले प्रतिक्रिया दिएका छन् । यस अघि उक्त अस्पतालमा विभिन्न दलका नेताहरु, उच्च पदस्थ कर्मचारीहरु तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुले सेवा लिईसकेको अस्पतालका महासचिव एवं प्रशासकीय प्रमुख हिरामणी शर्माले बताएका छन् ।
मसिंर अन्तिम साता विशेषज्ञहरुको अन्र्तराष्ट्रिय सम्मेलन आयोजना गरेको अस्पतालमा आँखा सम्वन्धि हरेक खालका उपचार शुरु भएको छ । काभ्रेपलाञ्चोक लगायत विभिन्न जिल्ला र प्रदेश नम्वर २ बाट समेत सेवा दिएको अस्पतालमा नानी प्रत्यारोपण शुरु गरिएको डा. लिसा श्रेष्ठ जोशीले बताईन् । नेपालका केहि अस्पतालमा आँखाको नानी प्रत्यारोपण हुन्छ । उपत्यकासँग जोडिएको काभ्रेको बनेपामा रहेको रेयुकाई मासुनागा आँखा अस्पतालमा नानी प्रत्यारोपण शुरु भएको हो । नानी प्रत्यारोपण शुरु गरे सँगै आँखा दान गर्न आब्हान गरेको डा. जोशीले बताईन् ।