झरनाको पानी लोकार्पित

काभ्रे/ साहित्यकार डा. गोपाल पौड्याल मण्डनेको मुक्तक संग्रह झरनाको पानी एक कार्यक्रमबीच लोकार्पण भएको छ । पुस्तक लोकार्पण गर्दै वरिष्ठ मुक्तककार मोहन दुवालले गहन भाव र चोटिलो प्रहार गर्न सक्ने खुबीका कारण मुक्तक बिधा लोकप्रिय भएको विचार व्यक्त गरेका छ्न । त्यस्तै अर्का मुक्तककार सूर्यप्रसाद लाकोजूले नेपाली साहित्यमा मुक्तक विधाको विशिष्ट स्थान भएको उल्लेख गर्दै मुक्तकले मानिसलाई सहजै प्रभावित गर्न सक्ने क्षमता रहेको बताए । त्यस्तै मुक्तककार गोपाल मण्डनेले मुक्तक मन परेकै कारणले आफूले लामो समयदेखि मुक्तक विधामा कलम चलाइरहेको बताए । मुक्तक संग्रहमाथि मुक्तककार रामसुन्दर देउजा र साहित्यकार तुयुकाजी ताम्राकारले टिप्पणी गरेका थिए ।
नेपाली भाषा र साहित्यमा समर्पित अक्षरमार्गले नेपाली वाङ्मय का मूर्धन्य विद्वानहरुक सिर्जनाका अलावा नेपाली साहित्यमा भर्खर कलम चलाएका नवप्रतिभाहरूलाई समेत अगाडि ल्याउने, साहित्य मा अगाडि बढाउने काम गर्दै आएको छ । काभ्रे जिल्लाको मण्डन देउपुरमा जन्मेका गोपाल पौड्यालले नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका छन । उनको झरनाको पानीभित्र विविध भाव झल्कने एक सय एक ओटा मुक्तकहरू सङ्ग्रहित छन । चोटिला मुक्तक लेख्न सीपालु पौड्यालका मुक्तकहरूमा देशप्रेम, समाजमा रहेका विकृति बिरुद्द असन्तोष , प्रेमप्रणयका सन्दर्भ , राजनैतिक बेथिति जस्ता बिषय रहेका छन । सो कार्यक्रम अक्षरमार्ग सिर्जना समूहका संयोजक कवि ध्रुबकृष्ण ताम्राकारको सभापतित्वमा सम्पन्न भएको थियो ।