तेजगंगाका विद्यार्थीको बेथानचोक नारायणस्थान पदयात्रा

पनौती । पनौती नगरपालिका–८ मा रहेको तेजगंगा बहुमुखी क्याम्पसले सन्देश सहितको पदयात्रा कार्यक्रम आयोजना गरेको छ । स्वदेशी विश्वविद्यालय एवं क्याम्पसहरु नै उच्च शिक्षाको लागि रोजौं भन्ने अभियान सहित पदयात्रा गरिएको क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्कीले जानकारी दिइन् । उच्च शिक्षाका लािग विदेशीने क्रम बढेपछि क्याम्पसले सन्देशमुलक पदयात्रा कार्यक्रम तय गरेको उनको भनाई छ ।
तेजगंगा क्याम्पसको आयोजना र विद्यार्थी गुणस्तर समुह (एसक्युसी) को समन्वयमा पदयात्रा गरिएको हो । काभ्रे जिल्लाकै अग्लो र रमणीय बेथानचोक नारायणस्थानको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले पनि पदयात्रा आयोजना गरिएको क्याम्पस प्रमुख डा.अम्बुभवानी कार्कीले बताइन । पदयात्रामा कक्षा १२ र स्नातक तहमा अध्ययनरत विद्यार्थी सहभागी थिए ।
प्रकृतिको अन्वेषण (एक्स्प्लरेशन टु नेचर) भन्ने नाराका साथ आयोजित पदयात्रामा सहायक क्याम्पस प्रमुख मुत्तिनारायण काफ्ले, प्राध्यापकहरु पुरुषोत्तम तिमल्सिना, गोविन्द न्यौपाने, रविन्द्र धिताल, सन्दिप पौडेल सहित एक सय भन्दा बढी विद्यार्थीको सहभागीता रहेको एसक्युसी अध्यक्ष विशाल तिमल्सिनाले जानकारी दिएका छन । क्याम्पसले अध्यापनसँगसँगै व्यवहारिक शिक्षामा जोड दिँदै आएको क्याम्पस प्रमुख कार्कीको भनाई छ । पदयात्राले मनोरम दृश्यावलोकसँगै प्रकृतिबारे वुझ्ने अवसर प्राप्त भएको विद्यार्थीले बताएका छन ।