महेन्द्रको जन्मजयन्तिमा माल्यार्पण

धुलिखेल/तत्कालिन राजा महेन्द्र शाहले आफ्नो नेतृत्वमा मुलुकको विकास र निर्माणमा पु¥याएको योगदानको चर्चा र स्मरण गर्दै महेन्द्र जयन्तीको अवसरमा उनको तस्विरमा माल्यार्पण गरिएको छ । पुष १ गते महेन्द्रको जन्मजयन्ती पारेर माल्यार्पण गरिएको हो । 
धुलिखेलमा रहेको तत्कालिन महेन्द्रको शालिक निर्माण भएको स्थानमा अहिले बाघ सहितको सरस्वती मन्दिर र पार्क निर्माण गरिएको छ । सोहि स्थानमा राप्रपा धुलिखेल नगर समिति र धुलिखेलका जेष्ठ नागरिक तथा भद्रभलाद्मीहरुले राजा महेन्द्रले आफ्नो कार्यकालमा गरेका विकास निर्माणको स्मरण र चर्चा गर्दै तस्विरमा माल्यार्पण गरेको राप्रपा नेता बुद्धराम वेयजुले बताए । पृथ्वी जयन्ती तथा राजसंस्थाका सन्र्दभमा राप्रपाले विभिन्न कार्यक्रम गर्दै आएको उनले बताए । प्रजातन्त्रप्रेमीहरुले भने पुष १ लाई कालो दिनका रुपमा मनाउँदै आएका छन् । 
शनिबार राप्रपा निकट युवाहरुको भेला धुलिखेलमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिंङ्गेदन र ज्ञानेन्द्र शाहीको सहभागिता रहेको थियो ।