बंगलादेशमा भएको ५१औं ईशामे फोरममा डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी सम्मानित

समाज सेवामा बिश्व कै अग्रणी सामाजिक संस्था लायन्स अन्तर्राष्ट्रियको ५१औं ईशामे फोरममा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी सम्मानित भएका छन् । लायन्स अन्तर्राष्ट्रियमा सबै भन्दा बढ़ी क्लब र सदस्यता बृद्वी गरेकोमा उनी सम्मानित भएका हुन् । गभर्नर केसीको नेतृत्वमा डिष्ट्रिक्ट ३२५ आई नेपालबाट ३८ वटा नयाँ क्लब, एक हजार २५ नयाँ सदस्य लायन्स अन्तर्राष्ट्रियमा दर्ता गराउन सफल भएका थिए । डिष्ट्रिक्टमा १८१ वटा क्लब रहेका छन् ।
सम्मानित भएपश्चात सामाजिक संजालमा सम्पूर्ण लायन्स सदस्यलाई धन्यवाद र आभार ब्यक्त गर्दै उनले लेखेका छन्, ‘पुनः एकपटक यहाँहरूले आफ्नो डिष्ट्रिक्ट ३२५ आई मार्फत नेपाललाई दुनियाका लायन्स मार्फत संसारभर सुनिने, चिनिने र देखिने बनाउनु भएको छ । यहाँहरुको मेहनत र नेतृत्वदायी भुमिकाको उच्च प्रशंसा गर्न चाहन्छु । यहाँहरुले आफ्नो डिष्ट्रिक्टलाई प्रथम बनाउन सफल भै ५१औं इशामे फोरम, बंगलादेशमा पुरस्कृत गराउनु भएकोमा हार्दिक बधाई । हामी थाक्ने छैनौ र जित भन्दा अझ अगाडी सोच्ने छौ । मसँग त्यस्तो कुनै शब्द छैन, जसले यहाँहरुको योगदानको सम्मान गर्न सकु र पनि सम्पुर्ण क्याविनेटका लिडरहरू क्लबका अध्यक्षहरुमा ह्र्दय देखि हार्दिक आभार प्रकट गर्दछु । बिशेष गरी यो अभियानमा योगदान गर्ने लायन साथिहरु यसको हकदार हुनुहुन्छ र यहाँहरु इतिहासले सम्झने एक पवित्र पात्र हुनुहुन्छ ।’
लायन्स अन्तर्राष्ट्रियको ५१औं ईशामे फोरम डिसेम्बर १४ देखी १७ सम्म बंगलादेशको ढाकामा भएको थियो । सम्मेलनमा ६३ राष्ट्रका लायन्स सदस्यहरु र बाकी अन्य मुलुकका पर्यवेक्षक गरी करिव १०० राष्ट्रका लायन सदस्यहरुको उपस्थिति रहेको छ । इशामेमा भारत, दक्षिण पुर्वि एशिया, अफ्रिका तथा मिडिल इष्टका ६३ राष्ट्रको क्षेत्रिय सम्मेलन भन्ने बुझिन्छ । सम्मेलनमा लायन्सले गरेका कार्यक्रमको मुल्याङन भावी कार्य योजना बिषयमा छलफल र निणर्य हुनेछ ।
दुई हजÞार बढ़ी लायन्स क्लबका करीव ५० हजÞार लायन्स सदस्यहरु नेपालमा लायनबादमा समर्पित भै सकृय रहेका छन् । नेपालका लायन्स सदस्य लायन्स अन्तर्राष्ट्रिय स्तरमा परिचित भई सन् २०१५ र २०२३ मा अन्तर्राष्ट्रिय निर्देशक पाईसकेको छ । लायन्सले नेपालमा गरेको सामाजिक कार्यको सम्मान गर्दै पहिलो पटक सन् २०१५ मा संजय खेतान र हाल बालकृष्ण बुर्लाकोटीले अन्तर्राष्ट्रिय निर्देशकको रुपमा नेतृत्व गरिरहेका छन ।