हजुरलाई नमस्ते परोपकारी संस्थाद्वारा एक सय जनालाई न्यानो कपडा वितरण

बनेपा÷समाजसेवी समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ताराबहादुर कुँवरले हजुरलाई नमस्ते परोपकारी संस्था मार्फत पाँचखाल, भुम्लु, धुलिखेल, मण्डनदेउपुर लगायतका स्थानमा रहेका विपन्न नागरिक, जेष्ठ नागरिक, एकल महिला, अशक्त तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई घर घरमा पुगेर न्यानो कपडा तथा सहायता सामाग्री उपलब्ध गराएका छन् ।
प्राईम बैकको सामाजिक उत्तरदायित्व अन्र्तगत एक सय थान स्विटर हजुरलाई नमस्ते परोपकारी संस्थामा उपलब्ध गराईएको छ । त्यस्तै रविन्द्र न्यौपानेले एक थान ह्विल चियर सहयोग उपलब्ध गराएका छन् । समाजसेबी ताराबहादुर कुँवरले जाडो समयमा न्यानो गराउने उदेश्यले आईतबार पौष १ गते ५५ जना ब्यक्तिहरुलाई स्विटर, गलवन्दी, काने टोपी, कम्बल लगायतका सामानहरु उपलब्ध गराएका हुन् । पाँचखाल नगरपालिकाको वडा नम्वर १३, ११ र ९ नम्वर वडा कोशिदेखा, खरेलथोक र पलाञ्चोक भगवती, रानीपानी, मण्डनदेउपुर नगरपालिका वडा नम्वर ६ गैह्वििसौनामा रहेका ब्यक्तिहरुलाई रास्वपा जिल्ला संयोजक एंव हजुरलाई नमस्ते परोपकारी संस्थाका सल्लाहकार प्रविण ढकाल र क्षेत्रिय सचिव तथा संस्थाका सल्लाहकार मन्दिरा खरेल लगायतको टोलीले उक्त सामाग्री वितरणमा सहभागिता जनाएका थिए ।

अघिल्लो साता मसिंर २३ गते शनिबार सोहि संस्था मार्फत ताराबहादुर कुँवरले ४५ जनालाई भुम्लु गाउँपालिका ९ ज्याम्दी र पाँचखाल नगरपालिका १ कोट्याङ्गमा न्यानो कपडा वितरण गरिएको थियो । कोट्याङ्गमा रहेका १ सय ७ बर्षिय जेष्ठ नागरिकले उक्त कार्यको प्रशशा गरेको कुँवरले बताए । आगामी हप्ता धुलिखेल १ देविटार र भुम्लु ४ चौबासमा रहेका अशक्त, अपाङ्गता, एकल महिला तथा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा उपलब्ध गराउने कुँवरले बताए । अघिल्लो वर्ष उक्त संस्था मार्फत भुम्लु गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई स्विटर उपलब्ध गराईएको थियो ।
