विन्ध्यवासिनी माविको ५४ औ वार्षिकोत्सब जग्गादाता, विद्यार्थी र शिक्षकहरु सम्मानित
टेकबहादुर मगर
रोशी
विन्ध्यवासिनी माध्यमिक विद्यालय रोशी ९, रजबासले स्थापनाको ५४ औ वार्षिकोत्सब मनाएको छ । प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री गोकुलप्रसाद बास्कोटाको प्रमूख आतिथ्यतामा सम्पन्न उक्त वार्षिकोत्सब कार्यक्रममा विद्यालयमा विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन राज्यले गरेको लगानीलाई सदुपयोग गर्ने, ब्यवसायीक र प्राविधिक शिक्षामा जोड दिदै स्थानीय आवश्यकता अनुसारको जनशक्ति उत्पादनमा ध्यान दिनु पर्ने प्रमुख अतिथी पुर्व मन्त्री बास्कोटाले बताए । कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, सामाजिक विकास मन्त्रालय बागमती प्रदेश अन्तर्गतको इन्जिनियर कुसुम भट्टराई लगायतको विशेष आतिथ्यता रहेको थियो । समाजसेवी देवसागर लामा, रोशी गाउँपालिकाका प्रबक्ता वसन्त तामाङ, नेपाल शिक्षक महासघं काभ्रेका सचिब बासु थापा, नेपाल शिक्षक संघ रोशीका अध्यक्ष सुवर्ण राय, ग्रेस नेपालका सोमबहादुर जर्गा मगर, देउराली सामुदायिक स्वास्थ्य इकाईका इन्चार्ज पुजा खनाल, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यालयलाई जग्गा दान गर्नुहुने जग्गादाता डिल्लीप्रसाद रेग्मी र चमेली शाहलाई सम्मान गरिएको थियो । विद्यालयबाट विभिन्न समयमा एसएलसी तथा एसईई उत्तीर्ण गरी नेपाल सरकारको शाखा अधिकृत देखि नेपाली सेना, शिक्षक, स्वास्थ्य सेवा लगायत विभिन्न सेवामा रहेका पुर्व विद्यार्थी सम्मान, शैक्षिक वर्ष २०७९ मा एसईई उत्तीर्ण हुने विद्यार्थीहरुलाइ सम्मान गरिएको थियो । त्यसैगरी विद्यालयमा सन्चालन भएका विभिन्न अतिरिक्त कृयाकलाप तथा जनचेतनामूलक नाटकमा सहभागिहरुलाई पुरस्कार वितरण गरिएको थियो । साथै विद्यालयको उत्कृष्ट शिक्षक घोषणा तथा सम्मान कार्यक्रम पनि सोहि अवसरमा सम्मान गरिएको थियो । कार्यक्रममा बाल प्रतिभायुक्त नाटक, नृत्यहरुको प्रस्तुति गरिएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिल्लीप्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन शिक्षक साधुराम राना मगर र बिपना शाहले गरेका थिए ।