चीनको उत्तरपश्चिममा शक्तिशाली भूकम्प सयभन्दा बढीको मृत्यु
काठमाडौं / चीनको उत्तरपश्चिमको पहाडी क्षेत्रमा गएको ६।२ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ। चीनको समाचार संस्था सिन्ह्वाका अनुसार सोमबार मध्यरात अघि आएको भूकम्पमा गान्सु प्रान्तमा १०० र छिमेकी प्रान्त छिङहाइमा अन्य ११ जनाको मृत्यु भएको बताएको छ।
सिन्ह्वाका अनुसार गान्सुमा ९६ र छिन्घाईमा १२४ जना घाइते भएका छन्। भूकम्पको धक्का छिङहाइसँगको प्रान्तीय सिमानाबाट करिब ५ किलोमिटर (३ माइल) टाढा रहेको थियो।
राज्य प्रसारक सीसीटीभीले पानी र बिजुली लाइनहरू साथै यातायात र सञ्चार पूर्वाधारमा क्षति पुगेको बताएको छ।