तीस सय ८० किलो गाँजासहित २ जना पक्राउ
काठमाडौं/ चितवनमा ३८० किलो गाँजासहित दुई जना पक्राउ परेका छन्। प्रहरीले मंगलबार बिहान भरतपुर महानगरपालिका –१ आँपटारीबाट दुई जनालाई गाँजासहित पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जेएच–०२ डब्लु ९६३१ नम्बरको भारतीय ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाई लुकाएको २८ पोका बरामद गरेको हो ।
पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल रहेका छन् ।