जनज्योति माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव तथा विद्यार्थी भेला
बनेपा नगरपालिका वडा नम्बर १० जनागालमा रहेको जनज्योति माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव तथा विद्यार्थी भेला विविध कार्यक्रम सहित मनाइएको छ । कार्यक्रममा प्रतिनिधिसभा सांसद एवं पुर्वमन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले धनि र गरिवले पढ्ने शिक्षा एउटै हुनुपर्ने बताएका छन ।
नेपालमा दुईथरी शिक्षाको अन्त्य नगरे सम्म सरकारले शिक्षामा गरेको लागनीको कुनै उपलब्धी नहुने उनको भनाई छ । उनले शिक्षालाई प्रबिधि मैत्री बनाई ज्ञानलाई ब्यबहारीक बनाउनु पर्नेमा जोड दिएका छन । शिक्षामा परिर्वतन आवश्यक रहेको भन्दै बास्कोटाले घोकन्ते शिक्षा भन्दा जिवनपयोगि शिक्षा प्रदान गर्न सके मात्र शिक्षामा गरेको लगानीको प्रतिफल निकस्कने बताए । अहिलेको शिक्षाले देश प्रति र देशको उत्थान गर्ने, देशमै जनशक्ति रहने अबस्था नरहेको उनले स्पष्ट पारेका छन । अब उत्पादन क्षेत्रमा लाग्ने खालको शिक्षा आवश्यक भएको बास्कोटाको भनाई रहेको थियो ।
कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन प्रधानाध्यापक माधब लामिछानेले प्रस्तुत गरेका थिए । विद्यालयमा ३ वटा पक्की भवन, वास सहितको शौचालय, अपाङ्गमैत्री÷बालमैत्री शौचालय, शुद्ध खानेपानिको ब्यबस्थापन, आई सि टि प्रयोगशाला, विज्ञान प्रयोगशाला, विद्यार्थी लक्षित दिवा खाजा, पठनपाठन छात्राहरुका लागी सेनेटरी प्याड, लगाएतका सुविधाहरु उपलब्ध रहेको लामिछानेले बताए । विद्यालयमा १८ जना शिक्षक कर्मचारीहरु, २ सय ७१ विद्यार्थीहरु रहेको उनले जानकारी दिए ।
विद्यालयमा केहि भौतिक पुर्वाधारहरु बाकि रहेको, नैतिक शिक्षा र प्राविधिक विषयबस्तुलाई समाबेश गर्नु पर्ने, आगामी शैक्षिक सत्र बाट विद्यालयको वेवपेज निमार्ण गर्ने, कक्षा ११ सञ्चालन गर्ने, शिक्षकहरुलाई शिक्षणविधि तालिमहरु प्रदान गर्दे जाने प्रधानाध्यापक लामिछानेले जानकारी दिए । कार्यक्रममा पुर्व विद्यालय ब्यबस्थापन समितका अध्यक्षहरु, पुर्व प्रधानाध्यापकहरु, चन्दादाता, सहयोगीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरन्त शाक्य, उप प्रमुख विमला सापकोटा, शिक्षा शाखा अधिकृत शिबराज त्रिपाठी, पुर्व शिक्षक यादब थापा लगाएतले शुभकमना मन्तब्य राखेका थिए । कार्यक्रममा विद्यार्थीहरुले सास्कृतिक कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रम विद्यालयका ब्यबस्थापन समिति अध्यक्ष तथा वडा अध्यक्ष चन्द्र बहादुर खड्काको सभापतित्वमा भएको थियो भने सञ्चालन शिक्षक गोविन्द रेग्मीले गरेका थिए ।