प्रधानमन्त्री प्रचण्ड मन्त्रीपरिषद हेरफेरको तयारीमा

प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्डले मन्त्रीपरिषद हेरफेरको तयारी गरेका छन् । मन्त्रीहरुले नतिजामुखी काम गर्न नसकेको निष्कर्षमा प्रधानमन्त्री प्रचण्ड पुगेका छन् । दाहाल प्रधानमन्त्री बनेको पुस १० गते एक वर्ष पुग्दैछ। त्यस दिन राष्ट्रका नाममा सम्बोधन गरेर नयाँ कार्यक्रम घोषणा गर्ने तयारी उनले थालेका छन्।

नयाँ मन्त्रीहरुको साथ लिएर प्रचण्ड अबको एक वर्ष सरकारको गति बढाएर नतिजामुखी काम गर्न चाहेका छन ।
मंसिर २८ गते सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम र बजेटबारे चौमासिक समीक्षा बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुबाट प्रभावकारी काम नभएको गुनासो गरेका थिए । अब नयाँ ढंगले जानुपर्ने समेत उनले बताएका छन् ।

त्यसका लागि सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपाल ९जसपा० लगायतसँग प्रधानमन्त्रीले छलफल गरिरहेका छन्।

मंसिर २८ को उक्त समीक्षा बैठकमा संघीय सरकारमातहतका २१ वटा मन्त्रालयबाट चालु आर्थिक वर्षको तीन महिनाको प्रगति विवरण प्रस्तुत गरिएको थियो। जसमा सबै मन्त्रालयको काम राम्रो थिएन। ११ वटा मन्त्रालयको नतिजा निकै खराब देखिएको छ।

बाँकी ११ मन्त्रालयको नतिजा पनि आशा जगाउने देखिएको छैन। नयाँ उत्साहका साथ काम गर्ने बताउँदै आएका प्रधानमन्त्री मन्त्रालयको पछिल्लो विवरणले झस्किएका छन् ।