खानेपानी संस्थानले माग्यो ६१ कर्मचारी, कुन पदमा कति ?

काठमाडौं /नेपाल खानेपानी संस्थानले विभिन्न पदका लागि ६१ जना कर्मचारी माग गरेको छ । संस्थानले खुल्ला प्रतिस्पर्धाद्वारा ६ महिनाको करार सेवाका लागि कर्मचारी माग गरेको हो ।

संस्थानले भद्रपुर, विराटनगर, राजविराज, लाहान, जनकपुर, गौशला, मलंगवा, कलैया, वीरगञ्ज, पोखरा, हेम्जा, बुटवल, कृष्णनगर, धनगढी र महेन्द्रश्वर शाखाका लागि प्लम्बरदेखि कार्यलय सहयोगीसम्मको कर्मचारी माग गरेको हो ।

इच्छुक र योग्य व्यक्तिले तीस दिनभित्र ७०० परीक्षा दस्तुर बुझाएर आवेदन दिनसक्ने संस्थानले जारी गरेको सूचनामा उल्लेख छ ।

थप जानकारीका लागि हेर्नुहोस् सूचना