खानीखोला ५ र ६ तथा वनखु खोलामा सडक पुलसँगै

जनमुक्ति मार्गको देविटार–भोर्लेनी सडक खण्ड कालोपत्रे हुँदै

महाभारत/खानीखोला र महाभारत गाउँपालिकामा पक्कि सडक र पुल निर्माणको शिल्न्यास हुँदैछ । भोली विहिबार एक कार्यक्रमका बीच खानीखोलामा पुल, महाभारतमा पुल र सडक शिल्न्यास भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले गर्नेछन् ।
जनमुक्ति मार्गको देविटार–घर्तीछाप–गोकुले–छोटेसाहान–भोर्लेनी सडक खण्ड (चेनेज ०+००० किमि देखि ९+३८० किमि देविटार देखि गोकुले लबडाँडा सम्म कालोपत्रे सहित) र देविटारमा रहेको वनखुखोला सडक पुलको शिल्न्यास गर्ने भएका छन् । महाभारत गाउँपालिकाको समन्वयमा पूर्वाधार विकास कार्यालयले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
त्यस्तै भोली विहिबार नै मन्त्री दुलालले खानीखोला गाउँपालिकाको वडा नम्वर ५ र ६ जोड्ने खानीखोलाको किनारमा मोटरेवल पक्की पुलको शिल्यान्यास गर्ने भएका छन् । विकास निर्माणले गति लिएको महाभारत र खानीखोला गाउँपालिकामा निर्माण ब्यवसायीहरुको असहयोग र ढिलासुस्तिका कारण विनियोजित बजेट कार्यान्वयन हुन नसकेको मात्रै होईन नागरिकहरुले पनि सास्ति ब्यहोरेका छन् । महाभारत गाउँपालिकाको कालोपत्रे सडक निर्माणका लागि उक्त खण्ड दोश्रो हो । पहिलो खण्ड तीनखुट्टे देविटार सडकको कार्य भईरहेको छ । निर्माण ब्यवसायीको चरम लार्पवाही र ढिलासुस्तिका कारण म्याद सकिएको बर्षाै भईसक्दा समेत निर्माण कार्य सम्पन्न भएको छैन । तिनखुट्टेमा निर्माण हुँदै गरेको पुल पनि अलपत्र छ । बागमती खोलामा निर्माण शुरु भएको मकवानपुरसँग जोडिने पुल पनि अलपत्र अवस्थामा छ ।

जिल्लाको विकट पालिका महाभारत र खानीखोला सहित मकवानपुरसम्म जोडिने जनमुक्ति मार्ग ताल्ढुङ्गा झुर्झुरे खण्ड, तालढुङ्गा–गोकुले खण्डको बोलपत्र आब्हानको तयारी भएको बागमती प्रदेश भौतिक पुर्बधार मन्त्री युबराज दुलालले बताएका छन् । खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र थिङ्ग र महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा सहितको जनप्रतिनिधिको टोलीले महाभारत र खानीखोला जोड्ने दीर्घकालिन योजनाहरुको अवस्था सहित बजेटमा समावेश भएका योजनाहरुको समयमै कार्यान्वयनका लागि ध्यानाकर्षण गराउने उदेश्यले गरिएको भेटभाटमा मन्त्री दुलालले उक्त प्रतिवद्धता ब्यक्त गरेका हुन् ।

मन्त्री दुलालले ताल्ढुङ्गा झुर्झुरे खण्ड पहिलो चरणमा र तालढुङ्गा–गोकुले खण्ड दोश्रो चरणमा बोलपत्र हुने बताए । त्यस्तै कामीडाँडा तालढुङ्गा सडकका लागि संघ र प्रदेशको समपुरकको लागि आबश्यक पहल गर्ने, पनौती–खोपासी ताल्ढुँङ्गा सडक अन्तर्गत पनौती खोपासी सडक खण्ड चालु आर्थिक वर्ष भित्रै बोलपत्र गरी कार्यान्वयन गरिने बताएका छन् ।